गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

काठमाडौं। गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक भएको छ। गीतकार खत्रीको गीत “मायाको डोरीले मलाई” मा संगीतरत्न शम्भुजित बास्कोटाको संगीत रहेको छ भने लोकप्रिय गायिका रचना रिमालले स्वर दिएकी छन्। गीतको संगीत संयोजन भने दिक्षित पौडेलको रहेको छ।

गीतसंगीत र साहित्य क्षेत्रमा तीन दशक भन्दा लामो समय सक्रिय रहेकी गीतकार गीता खत्रीका स्वीकृति, त्रिवेणी, यात्री लगायतका एल्बमहरु प्रकाशित छन् भने दर्जनौं गीतहरु रेकर्डिङ भइसकेका छन्। उनले कथा, कविता, नियात्रा, उपन्यास र गीत विधामा कलम चलाउँदै आएकी छन्। रामगीता वाङ्मय मन्दिरको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष समेत रहेकी खत्रीले विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर काम गरिसकेकी छन्।

“मायाको डोरीले मलाई” गीतको भिडियोमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय रहेको छ। भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाँकन गरेका छन्। मीन रावलको सम्पादन रहेको भिडियोलाई भकारी डेभलपमेन्ट कम्पनीको अफिसियल च्यानल Best Tone Music बाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:४०

ललितपुर । साहित्यकार विष्णुभक्त राई "विभरा किराती" को नयाँ कविता...

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...