बादल थापाको स्वरमा रहेको गित “ढोका दिन पाइदैन” सार्वजनिक (भिडियो सहित)

गीत संगीत भन्ने बित्तिकै नसुन्ने अनि मन नचाहने मान्छे सायदै यो संसारमै छैनन् होला। दुखको बेला होस् अथवा सुखको समय हरेक समयमा मान्छे समय अनुसार गित गुन्गुनाएको कयौ तपाइँ हामी समेत देख्दै आएका छौं। जस्तो सुकै मैले कहिले पनि गीत गाउदिन अथवा गाउने आउदैन भन्ने मान्छे पनि एकान्तमा पक्कै गित गुन्गुनाएको नै हुन सक्छ। त्यसले गित भन्ने बित्तिकै सबैको सर्वप्रिय चिज समेत होला भनेर धेरैले सोच्ने गरेका हुन्छन्।

यसै गरेर गीत संगीतमै लागेर धेरै ब्यतिहरुको जिबन नै परिबर्तन भएका कयौ बिषयहरु तपाइँ हामि देख्न सक्छौं भने केहि मात्रको गीतमा असफलता देखीन्छ। जसले मेहनत अनि आफ्नो जिबनको हरेक पाइलामा एउटै पाइला लिएर अगाडि बढेको हुन्छ टी मान्छे एक दिन अवश्य सफल हुन्छ भने जस्तै गित संगीतकै बिषयमा कैयौं कलाकारहरुको बिगतका पाना पल्टाउदा साच्चै मान्छे सफल हुन कति संघर्ष गर्नु पर्छ भन्ने बुझिन्छ।

हरेक गीतले आ-आफ्नै कथाहरु दर्साएका हुन्छन्। माया प्रेम, मोलन, बिछोड जस्ता मात्र नभएर गीतहरुले केहि सन्देश मुलक संगै समाजको अनि घरको समेत यथार्थ भावहरु बोकेर आएका हुन्छन। ति गीतहरुले कतिपयको जिबनमा मेल खाएको हुन्छ र त त्यस्ता दर्शक हरुले मेरै लागी बनायछ क्यारे भनेर कयौ माया गर्दै आयका उदाहरण देख्न सकिन्छ। यसै बिचमा भर्खर मात्र अर्को नयाँ गित बजारमा सार्बजनिक भएको छ।

बिरेन्द्र अधिकारीको शब्द संगीतमा सार्बजनिक भएको गीत माया प्रेमका जोडीहरुले आफ्नो प्रेम सफल गराउनका लागी कति सम्म संघर्ष गरेको बुझिन्छ भन्ने भाब देखाउन अनि भन्न खोजिएको छ। जुन गीतको हेरेपछि त्यस्ता प्रेम जोडीहरुले समेत उक्त गितबाट माया प्रेमलाई केहि नबुझ्ने मान्छेहरुले असफल गराउन कति सम्म लागेका हुन्छन भन्ने कुरा गीतकार बिरेन्द्र अधिकारीले बताउनु भएको छ।

बादल थापाको स्वरमा रहेको गित “ढोका दिन पाइदैन” मा शब्द अनि संगीत बिरेन्द्र अधिकारीको रहेको छ भने एरेन्ज पूर्ण संयोगले गर्नु भएको छ।

तरङ्ग स्टुडियोमा जय देबकोटाले मिक्सिंग गरेको गीतको भिडियो निर्देशन बाबु जिम्बा र छायाकन संचु ठोकारले गर्नु भएको हो। त्यस्तै उक्त गीतमा अभिनय बिरेन्द्र अधिकारी, सन्ध्या श्रेष्ठ, हरिलाल तामाङ्ग, जग्गु मोक्तान र बीबी आले मगरले गर्नु भएको थियो। जुन गीतको भिडियोलाई सम्पादन बाबु जिबाले गर्नु भएको छ।

उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...