“लोक दोहोरी दिवस – २०७८” कार्यक्रम सम्पन्न, अब देखी दिवंगत स्रष्टाहरुको फोटो प्रतिष्ठानमा राखेर जलार्पण तथा मालार्पण गरिने

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

“लोक दोहोरीमा मौलिकता शिष्टता र शुद्धता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ “२१ औं स्थापना दिवस तथा लोक दोहोरी दिवस” को अवसरमा आयोजित “स्व. श्रष्टात्मा प्रतिष्ठापन तथा बैकुण्ठपुरी कक्ष उद्घाटन कार्यक्रम” सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएर आधिकारिकता पाएको दिन २० बर्ष पुगेर २१ बर्ष प्रवेश गरेको उपलक्ष्यमा फागुन २९ गतेका दिन लोक दोहोरी दिवस मनाईएको हो ।

यस कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष रमेश बिजीको अध्यक्षतामा भएको थियो भने संस्थापक अध्यक्ष अमर बिरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव सुवास केसीले गरेका थिए । कार्यक्रममा पुर्व अध्यक्षहरु पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी लगायत चर्चित कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

अब देखी अमर स्रष्टा र दिवंगत स्रष्टाहरुको फोटो राखेर जलार्पण तथा मालार्पण गर्ने कार्य सुरु भएको बताउदै फुल प्रसाद तथा धुप खर्च शंकर पन्तले ब्यहोर्ने घोषणा भएको कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले जानकारी गराए ।

यस कार्यको उच्च प्रशंशा गर्दै चर्चित गायक, सर्जक एबं केन्द्रिय प्रथम उपाध्यक्ष पशुपति शर्मा भन्छन् “वर्तमान अध्यक्ष रमेश बिजी ज्युको कार्य तथा परिकल्पना प्रशंशिय छ । हामी कलाकारहरु जिउदै हुँदा प्रतिष्ठानमा सँगै हुन पाउछौ र मरेपछी पनी प्रतिष्ठानको भवनमा हामी सबैको फोटो एकै ठाँउमा हुन्छ । त्यसैले अब देखी हामी कलाकारहरु भाग्यमानी छौ । यो अभियान तारिफ योग्य छ ।”

अग्रज कलाकार देखी हालका चर्चित कलाकारहरुले यस अभियानलाई तारिफ गर्दै सकारात्मक रुपले लिएको बताए । जन्मेपछि मृत्यु निश्चित छ तर मृत्यु कहिले, कहाँ र कुन अवस्थामा हुन्छ भन्ने एकिन छैन । त्यसैले आफ्नोे भबिश्य र आगामी योजनालाई कसरी निरन्तरता दिने भन्ने बारे सोच्न जरुरी छ । साथै अग्रजहरुले देखाएको सहि बाटोमा हिड्न पनि जरुरी छ ।

लोक दोहोरी दिवस कार्यक्रम सफल पार्न तथा यस अभियान सुरु गर्न संस्थाका पदाधिकारी, बिभिन्न कार्यसमिती, कलाकारहरु, पत्रकारहरुले साथ दिएकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनी संस्थालाई माया गरिदिनुहन केन्द्रिय अध्यक्ष रमेश बिजीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...