“लोक दोहोरी दिवस – २०७८” कार्यक्रम सम्पन्न, अब देखी दिवंगत स्रष्टाहरुको फोटो प्रतिष्ठानमा राखेर जलार्पण तथा मालार्पण गरिने

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

“लोक दोहोरीमा मौलिकता शिष्टता र शुद्धता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ “२१ औं स्थापना दिवस तथा लोक दोहोरी दिवस” को अवसरमा आयोजित “स्व. श्रष्टात्मा प्रतिष्ठापन तथा बैकुण्ठपुरी कक्ष उद्घाटन कार्यक्रम” सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएर आधिकारिकता पाएको दिन २० बर्ष पुगेर २१ बर्ष प्रवेश गरेको उपलक्ष्यमा फागुन २९ गतेका दिन लोक दोहोरी दिवस मनाईएको हो ।

यस कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष रमेश बिजीको अध्यक्षतामा भएको थियो भने संस्थापक अध्यक्ष अमर बिरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव सुवास केसीले गरेका थिए । कार्यक्रममा पुर्व अध्यक्षहरु पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी लगायत चर्चित कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

अब देखी अमर स्रष्टा र दिवंगत स्रष्टाहरुको फोटो राखेर जलार्पण तथा मालार्पण गर्ने कार्य सुरु भएको बताउदै फुल प्रसाद तथा धुप खर्च शंकर पन्तले ब्यहोर्ने घोषणा भएको कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले जानकारी गराए ।

यस कार्यको उच्च प्रशंशा गर्दै चर्चित गायक, सर्जक एबं केन्द्रिय प्रथम उपाध्यक्ष पशुपति शर्मा भन्छन् “वर्तमान अध्यक्ष रमेश बिजी ज्युको कार्य तथा परिकल्पना प्रशंशिय छ । हामी कलाकारहरु जिउदै हुँदा प्रतिष्ठानमा सँगै हुन पाउछौ र मरेपछी पनी प्रतिष्ठानको भवनमा हामी सबैको फोटो एकै ठाँउमा हुन्छ । त्यसैले अब देखी हामी कलाकारहरु भाग्यमानी छौ । यो अभियान तारिफ योग्य छ ।”

अग्रज कलाकार देखी हालका चर्चित कलाकारहरुले यस अभियानलाई तारिफ गर्दै सकारात्मक रुपले लिएको बताए । जन्मेपछि मृत्यु निश्चित छ तर मृत्यु कहिले, कहाँ र कुन अवस्थामा हुन्छ भन्ने एकिन छैन । त्यसैले आफ्नोे भबिश्य र आगामी योजनालाई कसरी निरन्तरता दिने भन्ने बारे सोच्न जरुरी छ । साथै अग्रजहरुले देखाएको सहि बाटोमा हिड्न पनि जरुरी छ ।

लोक दोहोरी दिवस कार्यक्रम सफल पार्न तथा यस अभियान सुरु गर्न संस्थाका पदाधिकारी, बिभिन्न कार्यसमिती, कलाकारहरु, पत्रकारहरुले साथ दिएकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनी संस्थालाई माया गरिदिनुहन केन्द्रिय अध्यक्ष रमेश बिजीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...