बहिर्गमन जनमुक्ति सेना नेपालका अध्यक्ष अर्जुन बुढाथोकी सहित सम्पूर्ण कमरेडहरू (एकीकृत समाजबादी) मा प्रबेश

‘अर्जुन दाइ, हाई हाई ! भन्दै एक्कासि नेकपा (एकीकृत समाजवादी) को पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ आलोक नगर अगाडि बागमती कोरिडोरको बाटोमा करिब एक सयको हाराहारीमा मोटर साइकल जुलुस देखा पर्छ । समय २०७९ वैशाख १६ शुक्रवार गते दिनको ठिक १२ बजेर ५७ मिनेट ! 

सबै मोटरसाइकलमा सवार र केही गाडीमा रहेका सबै अधिकांशले टाउकोमा रातो कपन बाँधेका थिए त केहीले हातमा  ! अगाडि र पछाडि नेपाल प्रहरीको भ्यान तैनाथ अर्थात् ‘स्कटिङ पार्टीको केन्द्रीय कार्यालय अगाडिको बाटो छेउमा मोटर साइकल र गाडी पार्किङ गरेर ‘अर्जुन दाइ, हाई हाई ! नेकपा (एकीकृत समाजवादी) के भन्छ, जनमुक्ति सेना ले भन्छ !! नेकपा (एकीकृत समाजवादी), जिन्दाबाद !!!’ भनेर नारा लगाउन थाले नेकपा(एकीकृत समाजवादी) को पार्टी कार्यालयमा रहेका नेता तथा कार्यकर्ता मात्र होइन नेकपा (एकीकृत समाजवादी) सँग बहिर्गमन जनमुक्ति सेना, नेपालको एकीकरण कार्यक्रमको समाचार संकलन गर्न आएका सञ्चारकर्मीहरूको ध्यान मात्र केन्द्रित मात्र भएन सञ्चारकर्मीहरूले आ–आफ्नो क्यामरामा दृश्य कैद गर्न तँछाडमछाड  सुरु भएको थियो भने केही कार्यकर्ता भने भिडन्त त हुँदै छैन भने  भय व्यक्त गरिरहेका थिए ।

जब रातो कपन बाँधेको समूह नारा लगाउँदै नेकपा (एकीकृत समाजवादी) को पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ आलोक नगरको सभा हलमा प्रवेश गर्‍यो । सभा हलमा माइकमा रहनु भएका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा कार्यालय सचिव डा.गंगालाल तुलाधरले ‘बहिर्गमन जनमुक्ति सेना नेपालका सम्पूर्ण कमरेडहरूलाई स्वागत गर्छु’ भन्नु भए पछि सबै सञ्चारकर्मी र कार्यकर्ता समेत आश्वस्त भएका थिए–बहिर्गमन जनमुक्ति सेना नेपालका मानिस यीनै रहेछ भनेर ! 

केही समयको प्रतीक्षा पछि सुरु भएको कार्यक्रमको बहिर्गमन जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकी रहेको कार्यक्रम सञ्चालक डा. तुलाधरले  जानकारी दिनु भयो तब ‘अर्जुन दाइ, हाई हाई ! को अर्थ कार्यकर्ता तथा धेरै सञ्चारकर्मीले बुझेका थिए–अर्जुन दाइ, हाई हाई ! भनेर आफ्नै अध्यक्ष तथा अर्जुन बुढाथोकीलाई भनेको रहेछ भनेर ! 

कार्यक्रम सञ्चालक डा. तुलाधरले कार्यक्रमको सुरुमा नै प्रतिबद्धता मन्तव्यको लागि आग्रह गर्नु भयो । तब कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष  बुढाथोकीले देश र जनताको मुक्तिका लागि ज्यानको बाजी थापेर जनयुद्ध लडेका जनमुक्ति सेना आज सडकमा मात्र होइन, समाजमा पुनर्स्थापित हुन नसकेर ‘आत्महत्या’ गर्न बाध्य भएको दृष्टान्त राख्नु भएको थियाे  । अध्यक्ष बुढाथोकीले भन्नु– ‘हाम्रो अभिभावक कोही नभएको हुँदा अभिभावकत्वका लागि एकीकृत समाजवादीलाई रोजेका छौँ ।’

अध्यक्ष बुढाथोकीले भनाइ थियो– ‘अहिले हामी १ सय ५० को हाराहारीमा काठमाडौँको एकीकरणको प्रक्रियामा सामेल भएका छौँ । अब पार्टीमा सल्लाह गरेर केही दिनमा नेपालगन्जमा बहिर्गमन जनमुक्ति सेना नेपालको हजारौंको ‘मार्च पास’ गर्दै छौँ ।’

एकीकरणको प्रक्रियामा सामेल भएका बहिर्गमन जनमुक्ति सेना नेपालका पदाधिकारी र सदस्यहरूलाई स्थानीय चुनावमा सरिक हुन र चुनाव पश्चात् सबैलाई एकीकृत समाजवादीका वैधानिक कमिटीमा समावेश गर्ने आश्वासन दिनु भयो । 

कार्यक्रममा बहिर्गमन जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकी सहित १ सय ५० को हाराहारीको सङ्ख्यामा एकीकृत समाजवादीमा समाहित भएका कार्यकर्ताहरुलाई  अध्यक्ष नेपाल सहित महासचिव डा. वेदुराम भुसाल उपमहासचिव डा. गंगालाल तुलाधर लगायत नेताहरुले खादा र टीका लगाएर स्वागत गर्नुभएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...