एमाले नेता ढकाल र काँग्रेसका पराजुली बिच कडा प्रतिस्पर्धा

अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका माओवादी केन्द्रका नेता अमनलाल मोदीले यस पटक एमाले नेता विनोद ढकालसँग कडा प्रतिस्पर्धा गर्दैछन् ।

एमाले नेता ढकाल अहिले सम्म राजकीय पदमा नपुगेका नेता हुन् । ढकाल ०६४ सालमा मोरङको तत्कालीन क्षेत्र नम्बर ७ बाट उपनिर्वाचन लडेपनि पराजित बनेका थिए । यस्तै ०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेका ढकाल काँग्रेसका भीम पराजुलीसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

यस्तै महेन्द्र मोरङ क्याम्पसमा दुईपटक स्ववियु सभापतिमा लड्दा पनि ढकालले विजयको स्वाद चाख्न सकेनन् । ढकाल २०४९ र २०५१ मा भएको स्ववियु निर्वाचनमा पराजित बनेका थिए । मोदीले भने अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । ०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका मोदी ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए ।

 

 

काँग्रेसको दबदबा रहेको ठाउँमा बाम गठबन्धनबाट उम्मेदवार बनेका मोदी त्यही काँग्रेसभित्रको अन्तरविरोधका कारण विजयी बनेका थिए । थारु, राजवंशीहरुको बाहुल्य क्षेत्र रहेको कारण पनि मोदीलाई निर्वाचन जित्न सहज भएको थियो । उक्त क्षेत्रमा माओवादी केन्द्रको संठनात्मक आधार कमजोर रहेको गत स्थानीय तहको निर्वाचनले पनि देखाउँछ । त्यसको तुलनामा नेकपा एमालेको संठनात्मक आधार बलियो छ । एमालेले उक्त क्षेत्रमा रहेका २३ वडामध्ये १८ वटा वडामा एमालेले अध्यक्ष जितेको छ । यस्तै काँग्रेसले ३, माओवादी र जसपाले एक एक वडाध्यक्ष जितेको छ । यस्तै पालिकामा विराटनगर महानगरपालिका, कटहरी र ग्रामथान गाउँपालिकाका प्रमुख तथा अध्यक्ष काँग्रेस विजयी हुँदा बेलबारीको प्रमुखमा भने एमालेले जित हात पारेको छ ।

मोरङ ४ नम्बर क्षेत्रमा बेलबारी नगरपालिकाको वडा नं। ५, ६ र ७, ग्रामथान गाउँपालिका पुरै, कटारी नगरपालिका र विराटनगर महानगरपालिकाको वडा नं। १, २, ३, ८, १० र १९ नम्बर वडा पर्छ । उक्त क्षेत्रमा ५६ हजार ६१७ पुरुष तथा ५३ हजार ४७६ महिला गरी १ लाख १० हजार ९३ जना मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी छ । एमालेले २५ हजार ७३० मत, काँग्रेसले २१ हजार ८९४, माओवादी केन्द्रले ९ हजार ९९०, राप्रपाको ४ हजार ६७४, जसपाको ३ हजार ११२ र नेकपा एसको १ हजार २५५ मत रहेको छ ।

सत्ता गठबन्धन दलहरुको मत जोड्दा भने एमालेको भन्दा बढी हुनजान्छ । गठबन्धनको मत ३३ हजार १३९ मत हुँदा एमालेको २५ हजार ७३० रहेको छ । जसपाको ३ हजार ११२ पनि एमालेलाई गएको खण्डमा त्यहाँ एमाले जसपा गठबन्धनको मत २८ हजार ८४२ पुग्छ । यता, राप्रपाले पनि आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ । उक्त क्षेत्रमा राप्रपाले ४ हजार ६७४ मत ल्याएको छ ।

 

०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता अमनलाल मोदीले ३३ हजार ५२९ मत ल्याएर विजयी बनेका थिए । उनले नेपाली काँग्रेसका महेश आचार्यलाई पराजित गरेका हुन् । आचार्यले त्यसबेला २६ हजार ८०० मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले ३ हजार ४०१ मत ल्याएको थियो ।

५ वर्षमा गरेका काम देखाउँदै मोदी
माओवादी नेता मोदी देशभरका थारु राजवंशीहरुमा स्थापित नेता हुन् । विराटनगर क्षेत्रबाट कमजोर मत आउँदा पनि उनले कटहरी र ग्रामथानबाट धेरै ल्याउने आकलन गरेका उनी निकटका नेताहरुको छ ।

उनी यतिबेला आफ्नो पाँचवर्षे कार्यकालमा गरेका कामको सूची बाँड्दै घरदैलो अभियानमा जुटिरहेका छन् । मोदीलाई सोही क्षेत्रको ९क०बाट प्रदेशसभामा उठेका काँग्रेसका युवा नेता गुरु घिमिरे र प्रदेशसभा निर्वाचन क्षेत्र ९ख०मा उठेका विराटनगरका पूर्व प्रमुख भीम पराजुलीले साथ दिइरहेका छन् ।

 

मोदीले सुकुम्बासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । ‘संविधानसभा र संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोश र जाँगर तथा थारू, मधेशी, आदीवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित म उम्मेद्वार बनेको छु,’ मोदी भन्छन् ।

यता एमाले नेता विनोद ढकाल पनि आफूले गर्ने कामको प्रतिबद्धता देखाउँदै भोट मागिरहेका छन् । उनी एमालेलाई नजिताएसम्म समग्र जनताको जीवनस्तर उकास्न नसकिने बताउँछन् । ‘केपी ओली नेतृत्वको सरकार बनेसँगै कोरेका विकास र समृद्धिको खाकाहरु अहिले कहाँ छन् रु विकास निर्माणका काम कहाँ रोकिएका छन्, देशको आर्थिक अवस्था किन यति जर्जर छ भन्ने कुरा आमजनताले पनि बुझेको कुरा हो,’ उनी भन्छन्, ‘अहिले मत दिँदा पनि एउटा मात्रै दलले सरकार बनाउन सक्ने अवस्थामा गठबन्धनका कुनै दल छैनन् । बहुमतका साथ सरकार बनाउन सक्ने दलको रुपमा एमाले मात्रै छ, त्यसैले एमालेलाई भोट हाल्नुस्, स्थायी सरकार बनाऔं, समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाऔं ।’

 

भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीलाई अघि सारेर एमाले चुनावी मैदानमा रहेको भन्दै उनले सृमद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन जनताले मत दिए अरु कसैले रोक्न नसक्ने दाबी गरे ।

१६ जना उम्मेदवार

मोरङको क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा राप्रपाका रवि रिजाल, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नविनकुमार विश्वास, मंगोल अर्गनाइजेसनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस ९बि।पी०बाट अशोक पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेत्रप्रसाद सिवाकोटी दलीय उम्मेदवार बनेका छन् ।

अन्य स्वतन्त्र उम्मेदवारहरुमा राजेन्द्रकु्मार खवास, कुवेत मिया, ज्ञानेन्द्र खत्री, पदम कार्की, महेश नेपाल र देवनारायण विश्वास रहेका छन् ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...