जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

काठमाडौं। जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ। यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल समक्ष पठाइएको छ। एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ।’

 

सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ। बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए। त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ।

 

धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ। मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए।

 

बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए । उनले संयोजक समेत तोकेर आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो।

 

त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । त्यही कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो। यद्यपि, अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...