नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् । मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए ।

 

‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरु किन हामीहरुसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो,’ गति र मति अनुसार पार्टी चल्न नसकेको बताए ।

 

कांग्रेसको अनुहारमा दाग लागेको हुँदा ऐना पुछेर नहुने उनले बताए । भिडियो सन्देशमा उनी भन्छन्, ‘सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ । यो घाउलाई पुर्नुपर्दछ ।’

 

२३ र २४ भदौमा भएका अमानवीय र क्रुर सबै घटनाको छानविन हुनुपर्ने उनले माग गरे । सभापतिदेखि नेता कार्यकर्ताहरुलाई आक्रमण भएको थापाले जानकारी गराए । थापाले भने, ‘स्वभाविक आक्रोशलाई हामीले स्विकार गर्नुपर्दछ । तर, जहाँ नियतवश भएको छ । ती दण्डनीय छन् । तीनलाई कानुनको दायरामा ल्याउनुपर्दछ ।’

 

पुन: निर्माणको अग्रसरता पनि कांग्रेसले लिनुपर्ने महामन्त्री थापाले बताए । राष्ट्रपति, पार्टीहरु, आन्दोलनकारीसँग संवाद जारी रहेको उनले बताए । जेनजीहरुले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन आवश्यक पहल कांग्रेसले गरिरहेको उनले सुनाए । ‘यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । संविधान एकपटक ट्रयाकबाहिर गयो भने फर्काउन सकिँदैन,’ थापाले भने ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

वि.सं.२०८२ भदौ २७ शुक्रवार १६:५०

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ...

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

वि.सं.२०८२ भदौ २७ शुक्रवार १५:५३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई...

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

वि.सं.२०८२ भदौ २६ बिहीवार १०:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका...

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहको समर्थन

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहको समर्थन

वि.सं.२०८२ भदौ २५ बुधवार १५:२६

काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन...

जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

वि.सं.२०८२ भदौ २५ बुधवार १३:०४

काठमाडौं। जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक...

आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन राष्ट्रपती रामचन्द्र पौडेलको अपिल

आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन राष्ट्रपती रामचन्द्र पौडेलको अपिल

वि.सं.२०८२ भदौ २४ मंगलवार १३:०६

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल...