एड्वानको रजत जयन्ती भव्य रुपमा सम्पन्न

(रासस)  काठमाडौँ, ८ भदौ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै प्रकारका विभेद अन्त्यका लागि सीमान्तकृत तथा उत्पीडित समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को रजत जयन्तीको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले विशेषगरी दलित समुदायले भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूत समस्या समाधानका निम्ति आदिवासी जनजाति, महिला, दलितलगायत सीमान्तकृत समुदायबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

 

“नेपालमा अहिले समृद्धि छैन भन्न मिल्दैन, समृद्धि नै छ, सरकारले गर्न नसके पनि विभिन्न गैरसरकारी सङ्घसंस्था, नागरिक समाज तथा निजी क्षेत्रमार्फत आफूले सक्दो आफ्नो समुदायको निम्ति गर्दै आउनुभएको छ, त्यसकारणले पनि देश सन्तुलनमा छ”, उहाँले भन्नुभयो । पछिल्लो समयमा देशका विभिन्न स्थानमा डुबान भए पनि बाटो, पुलहरू भत्किए पनि सरकारले केही गर्न नसकेको उहाँको भनाइ थियो । “कति पुल भत्किरहेका छन्, कति डुबान भइरहेको छ, हामीले केही गर्न सकिरहेका छैनौँ, जलवायुका कारणले गर्दा कति पहाडका इलाकामा मानिस भोकै बस्नुपरेको छ, हामी पुग्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो ।

 

 

दलितले सदियौँ देखि भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्या समाधान गर्दै उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक विकासमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । “आफैँले बनाएको मन्दिरमा आफैँ प्रवेश गर्न नपाउने, आफैँले बनाएको थालहरूमा आफैँले खाना खान नपाउने, त्यहाँ पनि विभेद हुने, यो मान्छेमान्छे बीचको विभेद, छुवाछूतको जुन विभेद छ, यसलाई दलितले मात्रै आवाज उठाउने होइन, सम्पूणर् जातिले आवाज उठाउनुपर्छ”, उहाँले भन्नुभयो ।

 

 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि राज्यले नै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा विष्णुमाया परियार फाउण्डेशनले पत्रकार सञ्जीव कार्की र अधिकारकर्मी रामकुमारी दासलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा एड्वानकी संस्थापक तथा संरक्षक डा विष्णुमाया परियारले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायलाई शैक्षिक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । पूर्व राजदूत पदम सुन्दास, सभासद, विनोद पहाडी र निरा जैरुले दलित समुदायको प्राप्त अधिकार पनि गुम्ने खतरा बढ्दै गएको भन्दै अधिकार सुनिश्चितताका लागि दलित समुदायबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

 

 

एड्वानकी अध्यक्ष विन्दु परियार थापाले महिला र पुरुषबीत समानताका लागि महिलाहरुलाई आर्थिक रुपमा बलिया बनाउने उद्देश्यले एड्वानले जिविकोपार्जन कार्यक्रमलाई शसक्त रुपमा अगाडी बगाएको बनाउनुभयो । जातिय तथा लैंगिक भेदभावको दोहोरो शोषणमा परेका वा पारिएका नेपाली दलित महिलाको सशक्तिकरण गरी उनीहरुलाई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराई आत्मनिर्भर तथा स्वावलम्बी वनाउनका लागि २०५५ सालमा एड्वानको स्थापना भएको हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...