ललितपुरको इमाडोल युनिटी क्लबको आयोजनामा “वडा स्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता – २०८२” भव्य रूपमा सम्पन्न

ललितपुर – ललितपुरको इमाडोल युनिटी क्लबको आयोजना तथा महालक्ष्मी नगरपालिका वडा नं. १ को प्रायोजनमा आयोजित “वडा स्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता – २०८२” भव्य रूपमा सम्पन्न भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा वैशाख २९ गते सोमबारका दिन लोक स्मृति माध्यमिक विद्यालय, नयाँ बस्ती, इमाडोलमा प्रतियोगिता सम्पन्न भएको हो।

 

सामाजिक विकास अन्तर्गत युवा तथा खेलकुद कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट प्रतियोगिता सञ्चालन गरिएको थियो। उद्घाटन कार्यक्रम महालक्ष्मी नगर प्रमुख श्री हरिगोविन्द श्रेष्ठ र उप–प्रमुख लक्ष्मी महर्जनले गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष छिरिङ लामा, राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राई लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

]

कार्यक्रमको सभापतित्व इमाडोल युनिटी क्लबका अध्यक्ष गोपाल श्रेष्ठले गरेका थिए भने सञ्चालन दाताराम कार्कीले गरेका थिए। त्यसै गरि कार्यक्रममा स्वागत मन्तब्य क्लबको उपाध्यक्ष श्री मोहन बहादुर पाण्डे र क्लबको सदस्य दिदी बहिनीहरुले स्वागत गित मार्फत अतिथिहरुलाई न्यानो स्वागत गर्नु भएको थियो ।

 

प्रतियोगितामा फाइट तर्फ महिला तथा पुरुष २१ के.जी. मुनीदेखि ५१ के.जी. मुनीसम्मका ११ तौलवर्गमा र पुम्से तर्फ १२, १४ तथा १५–१७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरिएको थियो। नव विहानी तेक्वान्दो डोजाङ्गले उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण, ९ रजत र ८ कास्य पदक जित्दै पहिलो स्थान प्राप्त गर्न सफल भयो। दोस्रो स्थानमा पिस पोइन्ट तेक्वान्दो एकेडेमी र तेस्रो स्थानमा समता तेक्वान्दो डोजाङ्गले स्थान हासिल गरे।

 

प्रतियोगितामा नव विहानीका एप्रीन्स तामाङ उत्कृष्ट पुरुष खेलाडी घोषित भए भने पिस पोइन्ट एकेडेमीकी सरिता आचार्य उत्कृष्ट महिला खेलाडी घोषित भइन्। विजेताहरूलाई पदक, ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो।

 

प्रतियोगिताको सफल आयोजनामा विशेष योगदान दिएका राष्ट्रिय तेक्वान्दो संघ ललितपुरका अध्यक्ष तथा नव विहानी तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक बिमल कुमार आछामि लाई आयोजकले दोसल्ला ओढाई सम्मान गरेको छ। त्यस्तै क्लबलाई निरन्तर सहयोग पुर्‍याउँदै आएकी मन्दिरा खापुङ अधिकारीलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

 

कार्यक्रम अवधिभर क्लबकी महिला सदस्यहरूले तयार गरेका विभिन्न घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्री पनि गरिएको थियो, जसले स्थानीय उत्पादनको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको छ। साथै, स्टार आर्ट नेपालद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमले सम्पूर्ण दर्शकहरूको ध्यान आकर्षित गर्न सफल भएको थियो।

 

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सबै अतिथि, निर्णायक, खेलाडी, अभिभावक, स्वयंसेवक तथा सहयोगीहरूप्रति आयोजक इमाडोल युनिटी क्लबका अध्यक्ष गोपाल श्रेष्ठले हार्दिक आभार व्यक्त गर्दै जानकारी गराएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...