गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको “वडा अध्यक्ष कप अन्डर-१३ अन्तर-विद्यालय फुटसल प्रतियोगिता – २०८२” भव्य रूपमा सम्पन्न

ललितपुर। “स्वच्छ, सफा, समृद्ध, सुन्दर महालक्ष्मी नगर” र “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित महालक्ष्मी नगरपालिका वडा नं. १ मा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको वडा अध्यक्ष कप अन्डर-१३ अन्तर-विद्यालय फुटसल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। महालक्ष्मी नगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटबाट सामाजिक विकास अन्तर्गत युवा तथा खेलकुद कार्यक्रमबाट यो प्रतियोगिता आयोजना गरिएको हो।

 

प्रतियोगिताको उद्घाटन बलपार्क फुटसल कोर्ट, इमाडोलमा आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रममा इमाडोल युनिटी क्लबका अध्यक्ष श्री गोपाल श्रेष्ठको अध्यक्षता साथै प्रमुख अतिथिको रूपमा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख श्री हरिगोविन्द श्रेष्ठ ज्यूबाट पानसमा दिप प्रज्जवलन गरी सुरुवात गरेको थियो । कार्यक्रमका विशिष्ठ अतिथिमा वडा नं. १ का वडा अध्यक्ष श्री छिरिङ लामा, अतिथिहरुमा कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,तारापुञ्ज ईङ्गलिस स्कुलका संस्थापक अध्यक्ष श्री रमेश बराल, पत्रकार हरु,लगायत विभिन्न विद्यालयका शिक्षक, खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा फुटसलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

प्रतियोगितामा १३ वर्षभन्दा कम उमेरका ८ वटा विद्यालयका ८८ जना खेलाडीहरुको सहभागिता रहेको थियो। खेल ५/५ साइडमा खेलाइने प्रावधानसहित दुई हाफमा १०-१० मिनेटको खेल समय निर्धारण गरिएको थियो। प्रतियोगितामा हिमचुली सेकेन्डरी स्कूल, पिस प्वाइन्ट एकेडेमी,युनाइटेड स्कुल,दिपज्योती सेकेन्डरी स्कुल लोक स्मृति सेकेन्डरी स्कूल, अंकुर होम प्रि-स्कुल, तारापुञ्ज ईङ्गलिस स्कुल र सुर्योदय साई विद्यालयका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए।

 

फाइनल खेल अघि इमाडोल युनिटी क्लबको युवा फुटसल टिम र बोझेपोखरी भेट्रान्स टिमबीच क्लब (अध्यक्ष फ्रेन्डसिप खेल ) पनि आयोजना गरिएको थियो, जसमा बोझेपोखरी भेट्रान्स टिम विजयी हुँदै नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।

 

प्रतियोगिताको उपाधि तारापुञ्ज ईङ्गलिस स्कुल (टिम B) ले जित्दै नगद रु २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता बनेको तारापुञ्ज ईङ्गलिस स्कुल (टिम A) ले नगद रु १०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।त्यस्तै उत्कृष्ट खेल फेयर प्ले पुरस्कार पिस प्वाइन्ट स्कुलले जित्दै नगद रु ५,०००, ट्रफी र प्रमाणपत्र हात पार्यो। यसले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने, खेलप्रति उनीहरूको लगनशिलता अभिवृद्धि गर्ने र आपसी भाइचारा बलियो बनाउने उद्देश्य रहेको आयोजक इमाडोल युनिटी क्लबका अध्यक्ष श्रेष्ठले बताए।

 

कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष गोपाल श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मोहन बहादुर पाण्डेले दिएका थिए । कार्यक्रममा तारापुञ्ज स्कुलका १९ जना विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी अतिथिहरूलाई न्यानो स्वागत गरेका थिए। कार्यक्रम सञ्चालन क्लबका सचिव श्री दाताराम कार्कीले गर्नुभएको थियो।

 

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने अतिथिहरू, विद्यालय, संघसंस्था, टोल सुधार समितिहरू, महिला समूह, मिडिया पार्टनर, फोटो स्टुडियो, शुभकामना क्याटेरिङ, क्लबका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य तथा सदस्यहरूलाई क्लबका तर्फबाट अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्दै हार्दिक आभार व्यक्त गरेको थियो।

 

महालक्ष्मी नगरपालिका वडा नं. १ कार्यालय, तारापुञ्ज ईङ्गलिस स्कुलको सहकार्यमा सम्पन्न भएको यो प्रतियोगिता नगरपालिकाले तोकेको नियमावली बमोजिम नै सम्पन्न भएको आयोजक तथा क्लबका अध्यक्ष गोपाल श्रेष्ठले स्टार न्युज टि.भी. लाई जानकारी गराए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...