लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा “लाउरे दाईलाई सलाम” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०८२ असार ६ शुक्रवार ०४:१४
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गीतकार रोशन क्षत्रीको नयाँ गीत “लाउरे दाईलाई सलाम” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा लोकप्रिय गायक राजु परियार र लोकप्रिय गायिका बिष्णु माझीको स्वर रहेको छ। रोशन क्षत्रीको शब्द रहेको छ भने राजन काकीको संगीत रहेको छ।
यस गीतको भिडियोमा गोपाल सापकोटाको निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा चाहना राना मगर, सरोज एल.जी., राज केसीको अभिनय रहेको छ। यस गीतलाई रोशन म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार ६ शुक्रवार ०४:१४















