निलिमा पुनको “सबै चेली–२” मा तीन पुस्ताको संयोग (भिडियो सहित)

क्तपुर – गायिका निलिमा पुनले तीजको अवसर पारेर नयाँ प्रगतिशिल गीत सार्वजनिक गरेकी छिन् । अघिल्लो वर्षको तीजमा ‘सबै चेली’ नामक गीतको भिडियो सार्वजनिक गरेकी पुनले त्यसैको निरन्तरतामा यस पटक ‘सबै चेली–२’ नामक गीति भिडियो सार्वजनिक गरेकी हुन् । गायिका पुनकै शब्द तथा संगीत रहेको गीतमा नेपाली चेलीहरुले अंगाल्ने विभिन्न पेशागत जिम्मेवारीहरुको विविधता समेटिएको छ । उनले पेशागत विविधतामा रहेका चेलीहरु तीजमा माइतीमा आएको र आमाले कसको दैनिकी कसरी बित्दैछ त भनेर गर्ने सहज प्रश्नको उत्तर दिने क्रममा चेलीहरुले आफ्नो पेशामा गरेको अनुभव सुनाउने शैलीलाई टिपेर शब्दमा उनेकी छिन् ।

 

उक्त गीतमा गाउँघरको विद्यालयमा पढाउने शिक्षिकादेखि हवाइजहाज उडाउने पाइलटसम्मको भूमिकामा रहेका चेलीहरु जम्मा भएको देखाइएको छ । गीतको शब्दले बोले झैं डाक्टर, सुरक्षाकर्मी प्रहरी, मजदुर लगायतका पेशागत जिम्मेवारी बोकेका चेलीहरुको भूमिका समेटिएको छ । निलिमालाई स्वरमा हरिमाया पुन, रुपा पुन, माया पुन, सुकमाया बुढाथोकी र बिमा पुनले साथ दिएका छन् ।

 

सरल गीतको भिडियो पनि सरल तरिकाले नै निर्माण गरिएको छ । जनगायक जीवन शर्माको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा नबीना के।सी।को केरियोग्राफी रहेको छ भने समिर राईको छायाँकन र तुलसी बाँस्कोटाको सम्पादन छ ।

 

डमर भण्डारीले निर्देशन गरेको भिडियोमा पञ्चकली पुनले आमाको भूमिका निभाएकी छिन् । अनु शर्मा, आकृति भण्डारी, मनिषा बुढाथोकी, बेलीमाया पुन, तुलसा पराजुली, कुसुम श्रीष, श्रृष्टि बस्याल, गरीमा पाण्डे, मञ्जु खड्का, बुद्धलक्ष्मी मुनिकार, एलिसा मगर, समिता बुढाथोकी र भावना बस्यालको मौलिकता झल्कने नृत्य र अभिनयले भिडियोलाई आकर्षक बनाएको छ । भिडियोमा समेटिएका तीन पुस्ताको संयोगले यसलाई अझ जीवन्त बनाएको छ ।

 

बाँकी भिडियोमा हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...