गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार लोकप्रिय दोहोरी गायक पुरूषोत्तम गैरेको नयाँ लोकदोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक भएको छ। बिमल पौडेल र पुरूषोत्तम गैरेको शब्द सृजना, पुरूषोत्तम गैरेकै संगीत र एच.बि.एन.किस्मतको म्युजिक हुक लाईन रहेको उक्त गीत “Puru Team” युट्युब च्यानल मार्फत मंगलबार सार्वजनिक भएको हो ।

“सेती लुकेनी” गीतमा पुरूषोत्तम गैरे सँगै शान्ती श्री परियारको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की, तेजस रेग्मी, मिल्ड्रेड, ललित आचार्य र पिताम्बर पोखरेलको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन लोमशले गरेका हुन् भने सम्पादन मिलन बिकले गरेका हुन् ।

अधबैशे जोडिको माया, भिरपाखा र बन, घास दाउरा गर्न हिडेका साथिभाईहरु र हाम्रो देशको प्रकृति र गीत सङ्गितमा रमाएका पर्यटकहरुको छोटो मिठो यात्रा गीतमा प्रस्तुत गरिएको छ ।

संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक पुरूषोत्तम गैरे कै शब्द, संगीत र आवाजमा रहेका “पिंजडाकी चरी”, “बैसाखी”, “का जाउ का जाउ भैरनी”, “जाले रुमाल बैना”, “चेलीको व्यथा”, “सुधार केन्द्र” लगायत थुप्रै गीतहरु दर्शकले रुचाएका छन् ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...