चचित गायक भुवन प्रकाश बडुको गीति कथा “फिर्ता दे मेरो माया” सार्वजनिक
वि.सं.२०८१ साउन १ मंगलवार ०८:३३
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चचित गायक भुवन प्रकाश बडुको गीति कथा “फिर्ता दे मेरो माया” सार्वजनिक भएको छ।
यस गीतमा चचित गायक भुवन प्रकाश बडुको स्वर रहेको छ भने भानुभक्त जोशीको शब्द, भुवन प्रकाश बडु र भानुभक्त जोशीको संगीत रहेको छ। भिडियोमा भिम थापाको निर्देशन, भुवन प्रकाश बडु र भानुभक्त जोशीको कथा, अमृत उपाध्यायको छायांकन, निराजन केसीको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा सुरेश चन्द ठकुरी, हरिश भट्ट, ऐश्वर्या बिस्टको अभिनय रहेको छ। यस गीतलाई भुवन प्रकाश बडुको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुहोस् भिडियो।
वि.सं.२०८१ साउन १ मंगलवार ०८:३३