“राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८” शनिबार देखि काठमाडौंमा सुरु

“राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८” शनिबार देखि काठमाडौंमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशीको प्रतियोगीतासहितको महोत्सवलाई डि.ए.आर. मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।

महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरे । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँशु, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुती हुने भएकाले लोकगीत जीवनको वास्तविक अभिव्यक्ति भएको बताए ।

उनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताए । कुनैबेला गाउँका मेला–पात, वनजंगल, रोधी, विवाह लगायतमा गुञ्जने लोकदोहोरी आज सहर हुँदै अन्तराष्ट्रियकरण भैरहेको उपराष्ट्रपति पुनले बताए । ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, बनजंगल, रोधी, चौतारी, विवाह लगायत विभिन्न उत्सवहरुमा दोहोरी गीत गाउने गरिन्थ्यो । लोकदोहोरी आज गाउँबाट सहर पसेको छ । सहरमात्र होइन् विश्वका विभिन्न मुलुकमा पुगेको छ । र, लोकदोहोरी संगीतले व्यवसायिक रुप पनि लिईरहेको छ’ पुनले भने ‘यसबाट भन्न सक्छौं हाम्रो चिनारी, हाम्रो गौरवको रुपमा रहेको लोकदोहोरी गीत अन्तराष्ट्रियकरण भैरहेको छ ।’

दोहोरीगीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उनको भनाई थियो । उनले महोत्सवमा हुने प्रतियोगीताले नेपाली लोकदोहोरीलाई नयाँ उचाईमा पुर्याउने प्रतिभाहरुको जन्म दिने विश्वासका साथ महोत्सव सफलताको शुभकामना समेत दिए ।

विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको ¥याली माइतिघरदेखि सुरु भई टुँडिखेलमा पुगेपछि महोत्सवको उद्घाटन गरिएको थियो ।

टुबोर्गको प्रस्तुती एवं बागेश्वरी खड्का हाउजिङ डेभलपर्सको मुख्य प्रायोजन रहेको महोत्सवको पहिलो दिन विभिन्न लोकभाका एवं गीतहरु चर्चित गायक÷गायिकाहरुले प्रस्तुत गरेका थिए । पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुञ्जिएको थियो ।

उपराष्ट्रपति पुनकै आग्रहमा बाग्लुङ, म्याग्दी जिल्लामा गाईने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाईने मौलिक लोकभाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो । विरन्द्रकुमार झाले मैथली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे । त्यस्तै, मणिराम करिया मगरियाले थारु गीत प्रस्तुत गरे भने सरोज लामीछाने र रामकुमार नेपालीले काठे लोकभाका प्रस्तुत गरे ।

नन्दकृष्ण जोशी र पुष्पा बोहोराले देउडा भाका प्रस्तुत गरे भने टिका बमजनले तामाङ सेलो गीत गाए । महोत्सवको पहिलो दिन लोक गीतमार्फत योगदान पुर्याउने थुप्रै अग्रज कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । अग्रज देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक धु्रवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तिर्थ कुमारी थापा, मैथली गायक विरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मरविरही गुरुङलाई सम्मान गरिएको थियो । स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानिया, जंगबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो । उद्घाटनसँगै शनिबारबाटै दोहोरी प्रतिस्पर्धा सुरु भएको छ ।

देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ । दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु निर्णायकका रुपमा रहेका छन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा छन् ।

त्यस्तै, गायक–गायिकाहरु अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको छ । महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुती रहनेछ । डि.ए.आर. मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजका संरक्षक गोविन्दराम दाहालको सभापतित्वमा भएको समुद्घाटन समारोहलाई दिनेश डिसी र मञ्जु पौडेलले संचालन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...