बे.न.पा. – २, ज्यामरुककोटमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार याम कार्की सहितको प्यानल बिजयी

म्याग्दी । देशैभर स्थानिय चुनाब बैशाख ३० गते सम्पन्न भएको थियो भने विभिन्न ठाउँको मत परिणामको नतिजा आउनेक्रम जारी छ । त्यस्तै बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा भारी मतान्तरले नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार याम कार्की सहितको प्यानल बिजयी भएको छ ।

नेपाली कांग्रेस र माओवादी सहितको गठबन्धन बिजयी भएपश्चात अबिर लगाउदै बधाई तथा शुभकामना दिने क्रम बढ्दो छ । यस प्यानलले पहिलो दिन बेनि देखि बगरफाट, खबरा सम्म बिजयी जुलुस कार्यक्रम गर्ने र धन्यवाद सहित खुशियाली कार्यक्रम जेठ २ गते २ नं. वडा कार्यालय परिसरमा नै गर्ने खबर प्राप्त भएको छ ।

बेनपा – २, ज्यामरुककोट सदरमुकाम बेनी बजारको नजिक भएतापनि बिकाशका हिसाबले धेरै पछाडि परेको ठाउँ हो । अबको नेतृत्व नवनिर्वाचित अध्यक्ष याम कार्कीले यसलाई मध्यनजर गर्दै बेनपा – २, ज्यामरुककोटको बिकाश गर्न र समृद्ध गाउँ बनाउन तर्फ लाग्नु पर्छ । अब अवसर सङ्गै चुनौती पनि थपीएका छन् ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार नवनिर्वाचित अध्यक्ष याम कार्कीको प्यानलमा महिला सदस्य बबिता सापकोटा, दलित महिला सदस्य बिष्णु कुमारी सार्की, खुल्ला सदस्य तर्फ कृष्ण कार्की र चन्द्रकान्त रिजाल रहेका थिए ।

म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले १००२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार सम्राट सापकोटाले ४० मत प्राप्त गरेका छन् । नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको छ ।

साथै म्याग्दी जिल्लाका विभिन्न गाउँपालिका र विभिन्न वडाहरुको मत गणना गर्ने कार्य जारी रहेको कुरा जानकारी आएको छ ।

हरेक चुनौती र बाधा अवरोधलाई सामना गर्दै आफ्नो वडालाई कसरी बिकाश तर्फ लैजाने भन्ने कुरा नवनिर्वाचित अध्यक्ष याम कार्कीले मनन् गर्न जरुरी छ । अबको करिब पाँच बर्षको कार्यकालमा बेनपा – २, ज्यामरुककोटका जनताहरुको मन जित्ने काम गर्न सकेमा याम कार्की लगायत गठबन्धनको प्यानलको हित हुने देखिन्छ । हाम्रो तर्फबाट सम्पुर्ण बिजयी टिमलाई हार्दिक बधाई सङ्गै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...