ध्रुव प्रसाद अम्गाईको शब्द, सुरेन चन्दको स्वर/संगीतमा “जमानत गुमायौ” सार्वजनिक

काठमाडौं । गीतकार ध्रुव प्रसाद अम्गाईले “एम थ्री मिडिया नेपाल” नामक युट्युब च्यानल मार्फत “जमानत गुमायौ” गीतको भिडिओ सार्वजनिक गरेका छ्न् l एकपछि अर्को हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अम्गाईको यो गीत कपाली गजल शैलीमा छ l यस प्रकारको गीत नेपाली सङ्गीत क्षेत्रमै विरलै बन्ने गरेको कुरा गीतकार अम्गाईले बताएका छन् ।

उनी बिगत २० बर्षदेखि प्रवासमा बस्दै आएका छ्न् l गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अम्गाई समाजसेवी एवम् खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन् । अम्गाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न् । यथार्थ घटनाहरुलाई गीतमा उतार्न बढी मन पराउने गीतकार अम्गाईका गीतले हरेक बर्ष चर्चा समेत कमाईरहेका हुन्छ्न् l ‘आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, न भुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देश, विहानीको घामको झुल्को’ आदि उनका चर्चित गीतहरु हुन् ।

राजधानीमा आयोजना हुँदै आएका अवार्ड समारोहहरुमा हरेक बर्ष उत्कृष्ट गीतकारको विधामा अवार्ड हात पारिरहेका अम्गाई यसै बर्ष गीतकार सङ्घ नेपालले प्रदान गर्ने “बर्ष गीत पुरस्कार” मा उत्कृष्ट दश गीतकार भित्र पर्न सफल भएका छन् l उनको गीत “आँखा आँखा जुधी” टपटेन भित्र पर्न सफल भएको हो l उनका गीत धेरै अवार्डहरुमा नोमिनेसनमा पनि पर्ने गरेका छ्न् l

“जमानत गुमायौ” प्रेम वियोगमा आधारित मार्मिक भावको गीत हो l गीतमा प्रेमिकाबाट धोका पाएको एक प्रेमीको वेदना पोख्ने प्रयास गरिएको छ l गीतमा स्वर तथा सङ्गीत सुरेन चन्द ठकुरीको, म्युजिक एरेञ्ज किरण कँडेलको र मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीको रहेको छ भने भिडिओको निर्देशन विक्रम चौहानले गरेका छ्न् l सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको यस म्युजिक भिडिओमा आरजे सोनी, सिमोन किङ, स्वस्तिका श्रेष्ठ र सुसाना दुलालले अभिनय गरेका छ्न् l

गीत हेर्नलाई तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...