सहरमा बस्ने हुने खाने वर्गका असभ्य मानिसहरुलाई व्यङ्ग्य गरिएको गीत “म त सहरिया” सार्वजनिक

मेलोडी सुल्तानको उपनामले विख्यात सङ्गीतकार/गायक शिशिर योगीले सहरमा बस्ने हुनेखाने वर्गका असभ्य मानिसहरुलाई व्यङ्ग्य गरिएको गीत ‘म त सहरिया’ को भिडिओ सार्वजनिक गरेका छन् l योगीको आफ्नै सङ्गीत तथा स्वरमा रहेको यस गीतको भिडिओ केही घण्टा अघि उनले आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi  बाट सार्वजनिक गरेका हुन् l

गीतले हुनेखाने र आफूलाई जान्नेसुन्ने ठान्ने सहरिया मान्छेहरुको वास्तविक चरित्र कति स्वार्थी, अनैतिक, व्यक्तिवादी र कपटपूर्ण हुँदै गईरहेको छ भन्ने कुरा छर्लङ्ग पारेको छ l यथार्थपरक भाव बोकेको यस गीतले व्यङ्ग्य सँगसँगै सहरिया मान्छेहरुलाई सन्देश पनि दिएको छ l मूल रचनाकार पुरुषोत्तम अधिकारी र शव्द सम्पादक हरिहर तिमिल्सिना रहेको यस गीतमा सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् भने अडियो मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् l

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको हो l जसमा लोकेश भाट सह सम्पादकको रुपमा रहेका छन् l भिडिओमा सङ्गीतकार / गायक शिशिर योगीका साथै मोडल कलाकारको रुपमा मिठाराम के. सी., कृष्णभक्त महर्जन, अर्जुन कुँवर, शिबु पाण्डे आदिले अभिनय गरेका छन् l

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...