पोखरामा यही साउन १२ देखि १४ गते सम्म “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता” हुने

काठमाडौं । पोखरामा यही साउन १२ देखि १४ गते सम्म राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । विगतमा कालजयी गीतहरुका संकलक तथा नेपाली सांगीतिक क्षेत्रमा फरक खालको विम्ब ल्याएका लोक स्रष्टा ‘शिल्पी कल्याण शेरचनको ७६औँ जन्मजयन्तीको अवसर पारेर ‘दोहोरी गीत प्रतियोगिता एवं स्रष्टा सम्मान–इन्द्रेणी कार्यक्रम’ आयोजना हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई रु ६ लाख राशिको नगद पुरस्कार रहेको ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’ का सचिव एवं कार्यक्रम संयोजक जिवन दाहालले जानकारी दिए । त्यस्तै द्वितीय हुने समूहलाई रु चार लाख, तृतीय हुनेलाई दुई लाख र सान्त्वना हुनेलाई एक लाख नगद पुरस्कार रहेको सचिव तथा संयोजक दाहालले बताए ।

साथै, प्रतियोगितामा उत्कृष्ट गायकलाई ५० हजार, उत्कृष्ट गायिकालाई ५० हजार र अनुशासित समूहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि उनको भनाइ छ । पोखराको सभागृहमा हुने उक्त दोहोरी प्रतियोगितामा ४० देखि ४५ समूहको सहभागिता रहने सचिव तथा संयोजक दाहालले बताए ।

संयोजक दाहालका अनुसार प्रतियोगितामा एक पुरुष र एक महिला गरी दुई–दुई जनाको समूह रहनेछन् । प्रतियोगितामा सहभागिताको लागि रु दुई हजार दर्ता शुल्क लाग्ने संयोजक दाहालको भनाइ छ । प्रतियोगितामा निर्णायक मण्डलको टुंगो लगाउन बाँकी रहेको बताइएको छ ।

त्यसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीको संयोजकत्वमा निर्णायक मण्डलको छनौट गरिने छ । यही साउन ९ गते बस्ने दोहोरी गीत प्रतिष्ठानको बैठकले निर्णायक मण्डलको टुंगो लगाउने र १० गते पोखरामा पत्रकार सम्मेन गरी कार्यक्रमबारे सम्पूर्ण जानकारी दिइने अध्यक्ष बि.जीले बताए ।

कार्यक्रमको लागि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराको सहकार्य रहने कल्याण शेरचन प्रतिष्ठानका अध्यक्ष तथा क्याप्टेन पूर्णबहादुर गुरुङ (ह्योल्मो) ले जानकारी दिए ।

कार्यक्रमको प्रबर्द्धन पोखरा महानगरपालिकाले गर्ने उनको भनाइ छ । वि.सं. २००३ साल साउनको १२ गते पोखराको रानीपौवामा जन्मिएका शेरचनको २०६७ माघ २४ गते निधन भएको थियो । निधनपछि उनको स्मृतिमा ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’ स्थापना गरिएको थियो ।

स्व. शेरचनले आफ्नो जीवनकालमा विभिन्न कालजयी गीतहरु संकलन गर्नुका साथै आवाज दिएका थिए । नेपालमै पहिलो नेपाली मौलिक लोक बाजाहरुको संग्रहालय गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी त्यसको संरक्षण तथा संवर्धन गर्ने र उनको प्रतिमा निर्माण गर्ने उद्देश्यका साथ खुल्ला प्रतियोगिता एंव स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुङ (ह्योल्मो) ले जानकारी दिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...