राजधानीमा “दशौं राष्ट्रिय पोशाक तथा टोपी दिवस” भव्यताका साथ सम्पन्न

काठमाडौं।
दशौं राष्ट्रिय पोशाक तथा टोपी दिवस राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले भव्य साँस्कृतिक कार्यक्रमका बीच काठमाडौंको नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न गरेको छ।

२०७० साल पौष १७ गतेका दिनमा सुरुवात भएको राष्ट्रिय पोशाक तथा टोपी दिवसले भव्य समारोहका बीच इतिहासविद् ज्ञानमणी नेपाललाई दोश्रो राष्ट्रिय धरोहर सम्मान नगद सहित सम्मान गरेको छ। राष्ट्रिय धरोहर युवा प्रोत्साहन पुरस्कार-२०७९ भने युवा उद्यमी तथा पठन संस्कृतिका ज्ञाता ऋषिराम अधिकारीलाई प्रदान गरिएको छ । त्यस्तै प्रतिष्ठानको झापा जिल्ला समितिले राष्ट्रिय धरोहर दीर्घ साधना सम्मान-२०७९ ले वरिष्ठ साहित्यकार चुडामणी रेग्मिलाई जिल्ला संयोजक अनिरुद्र तिम्सिनाको संयोजनमा सम्पन्न भएको छ । जेष्ठलाई सम्मान युवालाई प्रोत्साहन नारा लिएर प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विशेष आमन्त्रित पूर्व संविधान सभा अध्यक्ष तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ, पूर्व मन्त्री तथा संघिय सांसद शंकर भण्डारी, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलीया, राष्ट्रिय महिला आयोगका तर्फबाट का.मु कृष्णकुमारी पौडेल खतिवडा,राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राप्रपाका केन्द्रीय सदस्य डा. गोबिन्द खनिया, पूर्व मन्त्री भाष्कर भद्रा लगायतले राष्ट्रिय पोशाक र पहिचानको बारे मन्तव्य राखेका थिए।

राष्ट्रिय पोशाक दिवसका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले धरोहर संरक्षणमा निरन्तर योगदान पुर्याउनु भएका सामाजिक अभियन्ताहरु सोम शर्मा, उमेश बोहोरा, लक्ष्मी भद्रा,शंकर बञ्जाडे,पबिता बजगाई बिमल पन्त,कबिता पौडेल,गौरब पौडेल,निश्चल भट्ट,अंकित खनाल त्यसैगरी संचारकर्मी सुरेश तिमल्सिना पत्रकार सागर उप्रेती र अमित भट्ट लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरेका छन्।

कार्यक्रममा राष्ट्रिय पञ्चेबाजा संग्राहालयका रामचन्द्र कडेंल, राष्ट्रिय ताल संरक्षण समितिका अध्यक्ष ध्रुव उप्रेती, काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत,विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जङ्ग शाह, नेपाली पात्रोका प्रमुख कार्यकारी सन्तोष देवकोटा, जि मोटर्सका कैलाश बाबु गेलाल,हाम्रो पार्टी नेपालका अध्यक्ष अनन्त राज घिमिरे, रसियन दूतावासका सिनियर कन्सुलर एण्ड्री क्रीसेलेन्को, गायक सर्जक सुमित खड्का, समाजसेवी विष्णु भण्डारी, माण्डव्य बजगाई प्रतिष्ठानका अध्यक्ष बिष्णु बजगाई, ललितपुर खैजेडी भजन समुह,न्यु मोडल एकेडेमी लगायतकाका आमन्त्रितहरुको सभामा उपस्थिती थियो।

प्रतिष्ठानले गून्युचोली सचेतना अभियान अन्तर्गत अध्यक्ष लक्ष्मी भद्रा, टोपी दिवस अभियन्ता शंकर बञ्जाडेलाई कदर पत्र प्रदान गर्दै अभियानका सुरुवाती अभियन्ता मुक्तीनाथ बजगाई, सिता बजगाई तथा रामचन्द्र बजगाईलाई समेत कदर पत्रले सम्मान गरेको छ । एक दशक पुगेको अवसरमा प्रतिष्ठानले बसन्तपुर डवलीदेखि बाजागाजा, नाचगान सहित सद्भाव र्याली गरेको थियो। औपचारिक कार्यक्रममा स्वागत मन्तव्य महासचिव श्याम बजगाई, कार्यक्रम संचालन अभिबिन्द खनिया र कार्यक्रमको संयोजन राजन कोइरालाले गरेका थिए।

नेपालको मौलिक पोशाकको संरक्षण गर्दै औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने माग गर्दै प्रतिष्ठानले साँस्कृतिक आन्दोलन गर्दै जनतामा जागरण पैदा गर्दै आएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...