लेखक डा. दलिपकुमार मल्लद्वारा लिखित सेतो धर्तिमा “सप्तरंगी फूल” र “रुइसे दरबार” दुई पुस्तक लोकार्पण

काठमाडौं, नेपाल । लेखक डा. दलिपकुमार मल्लद्वारा लिखित सेतो धर्तिमा “सप्तरंगी फूल” र “रुइसे दरबार” दुई पुस्तक प्रमुख अतिथी समाजसेवी सांसद डा. आरजु राना देउवाको आतिथ्यमा लोकार्पण भएको छ ।

यसमा सभापतिको आसन शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्प पौडेल, लेखक डा. दलिपकुमार मल्ल, विशष्ठि अतिथीमा गृह सचिव विनोद प्रकाश सिंह, पूर्वराजदुत तथा साहित्यकार प्रतिभा राना र समालोचक सुमन वर्षा र राजकुमार बाँनिया आतिथ्यमा सम्पन्न भएको थियो । यस कार्यक्रम संचालक महेश क्षितिजले गर्नु भएको थियो भने शुभकामाना मन्तव्य गुह सचिव विनोद प्रकाश सिंहले दिनुभएको थियो ।

यस कृतिमा सन्र्दभमा राजकुमार बानियाँ र सुमन वर्षाले समालोचक गरेका थिए । प्रकाशित दुवै पुस्तकमध्ये ‘सेतो धर्तीमा सप्तरंगी फूल’ द्वन्द्वले पारेको सामाजिक मनोवैज्ञानिक कथा संग्रह हो । यसले दशवर्षे जनआन्दोलनको कथा र त्यसमा भएको सामाजिक पिडाहरुको यर्थाथ चित्रण गरिएको छ भने यस्तै ‘रुइसे दरबार’ ऐतिहासिक सामाजिक उपन्यास हो । यसमा म्याग्दी राखूमा रहेर पनि ओझेलमा परेको इतिहास र त्यसको गरिमालाई उठान गरिएको छ ।

यो उपन्यासले चोधौ शताब्दीको एक सामाजिक कथाको चित्रण गरेको छ । यो क्षेत्रमा रुईसे दरबारबाट भुरे टाकुरे राजाहरुले आफ्नो क्षेत्राधिकार कायम गरि कसरी राज्य चलाएका थिए । राज्य चलाउँदा छिमेकी राज्यहरुसँगको सिमानाका समस्या र बढदो पर्वतराज्यको राज्यविस्तारले गर्दा राजनैतिक, कुटनैतिक सम्बन्ध छिमेकी राज्यसँग कसरी सम्बन्ध स्थापना गरिएको थियो । आफ्नो राज्य कायम राख्न हर राज्यका राजा र प्रजाहरुको कस्तो पारस्परिक सम्बन्ध हुनु पर्दछ यसको मिहिन रुपमा प्रस्तुत गरिएको उपन्यास हो ।

अझ झन तात्कालिक समयमा सती प्रथालाई कसरी बढवा दिइएको थियो । त्यो समयमा सती प्रथा विरुद्ध पनि आवाज नउठेका पनि होइनन् । महिलाले उठाएका आवाज र पुरुषप्रधान समाजले बढवा दिएको सतीप्रथाको कथाको चित्रण हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...