लेखक डा. दलिपकुमार मल्लद्वारा लिखित सेतो धर्तिमा “सप्तरंगी फूल” र “रुइसे दरबार” दुई पुस्तक लोकार्पण

काठमाडौं, नेपाल । लेखक डा. दलिपकुमार मल्लद्वारा लिखित सेतो धर्तिमा “सप्तरंगी फूल” र “रुइसे दरबार” दुई पुस्तक प्रमुख अतिथी समाजसेवी सांसद डा. आरजु राना देउवाको आतिथ्यमा लोकार्पण भएको छ ।

 

यसमा सभापतिको आसन शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्प पौडेल, लेखक डा. दलिपकुमार मल्ल, विशष्ठि अतिथीमा गृह सचिव विनोद प्रकाश सिंह, पूर्वराजदुत तथा साहित्यकार प्रतिभा राना र समालोचक सुमन वर्षा र राजकुमार बाँनिया आतिथ्यमा सम्पन्न भएको थियो । यस कार्यक्रम संचालक महेश क्षितिजले गर्नु भएको थियो भने शुभकामाना मन्तव्य गुह सचिव विनोद प्रकाश सिंहले दिनुभएको थियो ।

 

यस कृतिमा सन्र्दभमा राजकुमार बानियाँ र सुमन वर्षाले समालोचक गरेका थिए । प्रकाशित दुवै पुस्तकमध्ये ‘सेतो धर्तीमा सप्तरंगी फूल’ द्वन्द्वले पारेको सामाजिक मनोवैज्ञानिक कथा संग्रह हो । यसले दशवर्षे जनआन्दोलनको कथा र त्यसमा भएको सामाजिक पिडाहरुको यर्थाथ चित्रण गरिएको छ भने यस्तै ‘रुइसे दरबार’ ऐतिहासिक सामाजिक उपन्यास हो । यसमा म्याग्दी राखूमा रहेर पनि ओझेलमा परेको इतिहास र त्यसको गरिमालाई उठान गरिएको छ ।

 

यो उपन्यासले चोधौ शताब्दीको एक सामाजिक कथाको चित्रण गरेको छ । यो क्षेत्रमा रुईसे दरबारबाट भुरे टाकुरे राजाहरुले आफ्नो क्षेत्राधिकार कायम गरि कसरी राज्य चलाएका थिए । राज्य चलाउँदा छिमेकी राज्यहरुसँगको सिमानाका समस्या र बढदो पर्वतराज्यको राज्यविस्तारले गर्दा राजनैतिक, कुटनैतिक सम्बन्ध छिमेकी राज्यसँग कसरी सम्बन्ध स्थापना गरिएको थियो । आफ्नो राज्य कायम राख्न हर राज्यका राजा र प्रजाहरुको कस्तो पारस्परिक सम्बन्ध हुनु पर्दछ यसको मिहिन रुपमा प्रस्तुत गरिएको उपन्यास हो ।

 

अझ झन तात्कालिक समयमा सती प्रथालाई कसरी बढवा दिइएको थियो । त्यो समयमा सती प्रथा विरुद्ध पनि आवाज नउठेका पनि होइनन् । महिलाले उठाएका आवाज र पुरुषप्रधान समाजले बढवा दिएको सतीप्रथाको कथाको चित्रण हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...