विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरे

काठमाडौं । लोक गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् ।

यही फागुनमा धादिङमा हुन गइरहेको प्रतिष्ठानको आठौँ महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका गायक खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् ।

‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’ खत्रीले लेखेका छन्, ‘कलाकारको हकहितको मुद्दा र संस्कृति जगेनार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्रीको रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।’

आफूभन्दा जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनले उल्लेख गरेका छन् । संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिँदै उनले यसमा समाहित हुन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीलाई हामीले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता, दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपील गर्दै स्वागत गर्न चाहन्छौँ ।’

धादिङमा फागुन १२ गतेदेखि हुन गइरहेको प्रतिष्ठानको महाधिवेशनअघि आएको खत्रीको बहिगर्मनले प्रतिष्ठानको आन्तरिक राजनीतिमा तरंग सिर्जना गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा गायक बद्री पंगेनीले खत्रीको योगदानको प्रशंसा गर्दै उनलाई संस्थामै राखिराख्न प्रयत्न गर्ने बताएका थिए । उनले त्यस्तो अभिव्यक्ति दिएको एक दिनमै खत्रीले संस्थाबाटै बाहिरिएको घोषणा गरेका हुन् ।

कतिपयले खत्रीलाई अध्यक्षको आकांक्षीको रुपमा पनि हेरेका थिए । तर अध्यक्ष रमेश बीजीले आफ्नो समर्थन रीता थापा मगरलाई हुने भन्दै पत्रकार सम्मेलनमै बोलेका थिए ।

यस्तो छ गायक खत्रीको स्टाटस

आदरणीय लाेक संगीतप्रमी बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरु,प्यारा शुभचिन्तक एवं ईष्टमित्रजन सम्पूर्णमा सादर नमस्कार ।

यतिबेला राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे महाधिवेशन नजिकिँदै गर्दा धेरैले मेराे उमेदवारीबारे चिन्ता र चासाे ब्यक्त गरिरहनु भएकाे छ।संस्थामा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिब र एक कार्यकाल महासचिब पदमा रहि आफ्नाे भुमिका निर्वाह गर्ने अवसर पाएकाे थिएँ ।

संस्थागत सिकाई र अनुभवकाे आधारमा कलाकारहरुकाे हकहितका लागि केहि गर्ने साेंचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिएकाे म उमेरकाे उर्जाशिल समय संस्थालाइ हुर्काउन बढाउनकै निम्ति घरपरिवार भन्दा संस्थालाई शिरमा राखेर आर्थिक,भाैतिक, नैतिक र सांस्कृतिक रुपले त्याग र समर्पण गरेकाेले पनि एकचाेटी संस्थाकाे नेतृत्व लिएर कलाकार र कलाकारिता जगतकाे उत्थानका लागि केहि गर्ने दृढ साेंच संकल्प र अठाेट लिएकाे थिएँ तर मेराे उक्त याेजना माथि बज्रपात हुन पुग्याे।संस्था आफैमा पबित्र र निर्दाेष हुन्छ ।

दुख, मिहेनत र पसिना बगाएकाे संस्थाकाे असाध्यै माया लाग्दाे रहेछ । संस्था बाहिर रहँदा पनि संस्थागत तवरबाट कुनै भुमिकामा रहेर काम गर्ने अवसर पनि प्राप्त हुन सकेन । यसपालि भने अग्रज कलाकारबाट नेतृत्वमा आउन म प्रति केहि सदभाव रहन्छकी भन्ने झिनाे आशा राखेकाे थिएँ तर बिडम्बना याे साैभाग्य पनि प्राप्त गर्न सकिन नत अनुजलेनै अग्रजकाे सम्मान गरेर भुमिका दिने कुनै मनसाय देखियाे ।

संस्थाकाे नाराले मलाईनै गिज्याएकाे अनुभूति भयाे।अब फेरि अनुज भाईबैनी सँग चुनाबी प्रतिस्पर्धामा हाेमिनु शाभनिय नहुने र मेराे नैतिकताले पनि यसाे गर्नु उचित नहुने मेराे ठम्याई छ।बिगतमा मलाई नेतृत्वमा देख्न चाहेर स्वदेश तथा बिदेशबाट संस्थाकाे प्रतिनिधिकाे रुपमा आई मलाई आफ्नाे अमूल्य मत दिएर जितकाे ढाेकामै पुर्याउनु हुने भगवानरुपी प्यारा शुभचिन्तक प्रति आत्मैदेखि उच्च काेटिकाे सम्मान टक्राउँदै ढाेकाबाट छिर्नै नदिने पालेदाईकाे पनि सदा राम्रो मात्रै खबर सुन्न पाईयाेस भन्ने कामनाका साथ अब कहिल्यै प्रतिष्ठानकाे ढाेका ढकढकाउन नआउने निर्णय गरी आजैकाे मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाकाे यात्रामा पूर्णबिराम लगाएकाे कुरा दुखका साथ अबगत गराउन चाहन्छु ।

कलाकारकाे हकहितकाे मुद्दामा र संस्कृतिकाे जगेर्नार्थ कतै भेटिने अवसर मिल्याे भने संगै सहयात्री रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। मैले जस्ताे अपमान र तिरस्कार संस्थामा आईन्दा कुनैपनि भाईबैनीले सहन नपराेस भन्दै आउँदै गरेकाे महाधिवेशनकाे मतगणना स्थलमा बत्ती निभ्ने झंझटबाट मुक्त भई छनाेट हुनु हुने नयाँ नेतृत्वलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीहरुलाई हाम्ले तय गर्न लागेकाे नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेकाे प्रतिभा, क्षमता,दक्षता, बिज्ञता र अनुभव सहित हातेमालाे गर्न आउनुहुन हार्दिक अपिल गर्दै स्वागत गर्न चाहन्छाैं।धन्यवाद।जय संस्कृति।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...