दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको “एकल गीत वाचन कार्यक्रम” चैत २५ गते पोखरामा हुने

काठमाडौं । दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम यही चैत २५ गते पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा गीतकार राज कुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको हो ।

पोखरा उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा गीतकार बगरले आफ्नो नयाँ–पुराना दुई दर्जन गीत वाचन गर्ने छन् । दुई दर्जन मध्य एक दर्जन लोकप्रिय गीतहरु र एक दर्जन बिल्कुलै नयाँ गीतहरु बाचन हुने कुरा राज कुमार बगरले जानकारी दिएका छन् ।

आयोजक गीतकार प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने ​सोचले यस प्रकारको कार्यक्रम सुरु गरिएको बताए ।

कविता–मुक्तक वाचन हुन सक्छ । त्यसैगरी गीत पनि वाचन हुन सक्छ र गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने सोचले गतवर्ष देखि यस प्रकारको कार्यक्रम सुरु गरेका हौं’ उनले भने । गत वर्ष तीर्थ श्रेष्ठको गीत वाचन गरिएको थियो भने यस वर्ष राजकुमार बगरले गीत वाचन गर्ने भएका छन् ।

एकल गीत वाचन गीतकार बगरको पहिलो अनुभव हो । गीतकारको यस प्रकारका कार्यक्रम बिरलै हुने गरेका छन् । यो मेरो पहिलो अनुभव भएकाले एकदमै उत्साहित छु’ बगरले भने । उडेर जून छुन्छु भन्थेँ’, ‘यता कुलो काट्दा’, ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि’ लगायतका आफ्ना​ करिब २ दर्जन गीत वाचन गर्ने राज कुमार बगरले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...