दलित आन्दोलन र दलित समुदायका लागी रकम संकलन गर्दै दलित नेताबाटै लुट धन्दा

काठमाडौं । नेपालमा दलित समुदायमा हरेक प्रकारका घट्नाहरु घटेका हुन्छन् । कहिले छुवाछुत बिभेद, कहिले बलत्कार, कहिले जघन्य अपराध, कहिले हत्या हिंसा, कहिले अन्तरजातिय बिवाह सम्बन्धी घट्ना, कहिले सार्वजनिक स्थलहरुमा बिभेद, कहिले अन्य प्रकारका घट्नाहरु घटेको कुराहरु सर्ववितिदै छ । तर अर्काे पृथक कुरा के छ भने दलित समुदायको आन्दोलन र दलित समुदायका लागी न्याय भन्दै देश तथा विदेशबाट लाखौ करोडौं रकम भित्राउदै दलित नेताहरुले लुट्ने गरेका छन् ।

 

रुकुम सोती नरशंहार घट्ना तथा नवराज बिक हत्याकाण्डको पिडित परिवारलाई न्याय दिलाउन भनी देश तथा विदेशबाट लाखौं करोडौं रकम संकलन गरिएको थियो । त्यस संकलन रकमको हिसाव किताब र तथ्य बिबरण प्रस्तुत भएका छैनन् । कहाँ कती खर्च भयो, कती बचत छ भन्ने कुरा कसैलाई थाहा छैन । दलित समुदायको हक अधिकार र न्यायका लागी आवाज उठाउने भनेर बिभिन्न राजनैतिक दलहरुका दलित भातृ संगठनको एकता भयो । जसको नाम “संयुक्त राजनितिक दलित संघर्ष समिती” राखियो । यसको संयोजकको रुपमा पुर्व मन्त्री मिन बिश्वकर्मा र कोषाध्यक्षको रुपमा कमला हेमचुरी रहेका छन् ।

 

नेपालमा लकडाउनको बेलामा काम गराएको र तिर्नुपर्ने ठाँउमा नतिर्ने आफ्नो मनोमानी गर्ने रकम हिनामिना गर्ने गरेको पाईएको छ । पछिल्लो समय कमला हेम्चुरीले सहकारीमा आफुखुसी पैसा , राख्ने र आफ्नो तरिकाले कारेबार गर्ने गरेको कुरा केही दलित नेताहरुबाट जानकारी
आएको छ । दलित हक अधिकारका निम्ती आवाज उठाउन खोज्ने र उल्टै आफ्नै समुदायको युवालाई काम गराएर पाउनुपर्ने पारिश्रमिक नदिने पिडित बनाउने यो कस्तो ब्यवबहार हो ?

 

दलित समुदायमा खोक्रा भाषण गर्ने अनी भाषण अनुरुप केही केही गर्न नसक्ने यि दलित नेताहरुलाई आगामी दिनमा दलित समुदायले कसरी बिश्वास गर्ने ? दलित समुदायको लागी हक अधिकारका निम्ती आवाज उठाउछु भन्ने अनी दलित युवालाई काम गराएर पाउनु पर्ने पारिश्रमिक नदिने ? के यो न्यायोचित ब्यवबहार हो ? पुर्व मन्त्री मिन बिश्वकर्मा र दलित महिला नेतृ कमला हेम्चुरीले आर्थिक हिनामिना पारेको कुरा बाहिर ल्याई सबैले यसको आय ब्यय बिबरण माग्नु पर्ने अवस्था आएको छ । दलित आन्दोलन र दलित समुदायका लागी लाखौं करोडौं रकम संकलन गर्ने अनी आफ्नो मनोमानी गरेर रकम हिनामिना गर्ने, भ्रष्टचार गर्ने त भएननी । दलित समुदायको आन्दोलनको निम्ती संकलन भएको रकमलाई सहि ठाँउमा सदुपयोग त गर्नुपर्यो नी ।

 

 

लकडाउन देखी तिर्नुपर्ने रकम पनि नतिरेको र काम गरेकोलाई पारिश्रमिक नदिएको कुरा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले नाम नटिकाएर आफ्नो सामाजिक सञ्जालमा बेला बेला पोस्ट गर्दै आईरहेका थिए । साथै उनले पाउनुपर्ने ठाँउमा बेला बेला आफुले पाउनुपर्ने रकम माग गर्दा कुनै सुनुवाई भएन । बेला बेला पुर्व मन्त्री मिन बिश्वकर्मालाई कुरा गर्दा कहिले ३ गते आउछ भन्ने, कहिले शुक्रबार आउछ भन्ने, कहिले अर्काे हप्ता आउछ भन्ने गर्दा भाका सार्दा २०८० सालको जेठ महिना पनि सकिन थाल्यो । लकडाउन देखी काम गरेको पाउनु पर्ने पारिश्रमिकमा हालसम्म एक रुपैया पनि नपाएको र आफुलाई पिडित बनाएको पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को गुनासो छ । आगामी दिनमा यस्तो क्रियाकलाप नगर्न र बरु आकस्मिक दलित अक्षयकोषको स्थापना गर्न उनको अनुरोध छ ।

 

 

साथै पुराना रकम चुक्ता गरी नयाँ कारोबार गर्न गराउन बराईलीको आग्रह छ । दलित समुदायका नाममा कसैले पनि लुटतन्त्र त गर्न हुँदैन । दलित समुदायका नाममा कहिले सम्म उनिहरुले ठगिरहने ? अब यस बिषयमा सबैको चासो जान जरुरी छ । कोही पनि पिडित हुनुहुँदैन र बनाउनु हुँदैन । दलित समुदाय, दलित युवाहरु सचेत बन्नुपर्छ र दलित नेताहरुलाई खबरदारी पनि गर्नुपर्छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...