टोखामा एक करोड लगानीमा “कृषक गुप्र प्रा.लि” सञ्चालन

काठमाडौँ, १५ जेठ – काठमाडौँको टोखा ग्रीनल्यान्डमा ‘कृषक गुप्र प्रालिकाे सञ्चालनमा ‘मिनी हाईपर मार्ट’ सञ्चालन आएको छ । नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उदेश्यका साथ सञ्चालनमा आएको उक्त प्रालिको आज टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखा नगरपालिका कृषक र व्यवसायीको सम्बद्र्धन र प्रवद्र्धनमा लाग्ने बताउनुभयो ।

 

“टोखाभित्रका कृषकलाई प्रोत्साहन गर्नका लागि टोखाले किसानलाई निःशुल्क विउविजन वितरण, मलको डिपो थाप्नेलाई अनुदान, हाते ट्याक्टर वितरण गर्दै आएको छ,”–उहाँले भन्नुभयो । टोखाले फलफुलका विरुवा वितरण, व्यवसायिक किसानलाई तालिम प्रदान, जैविक तथा रासयिनिक मल वितरण, फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । टोखाले घना वस्तीमा कौशीखेतीलाई प्राथमिकता दिएर आवश्यक तालिम प्रदान गरेको छ ।

 

टोखाले चालू आर्थिक वर्षमा स्थानीय तह, प्रदेश सरकार र सङ्घ सरकारबाट गरीरु एक करोड ५० लाख कृषि क्षेत्रमा विनियोजन गरेको छ । टोखा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रमेश खत्रीले किसानबाट उत्पादित वस्तुलाई बजारसम्म लैजानका लागि टोखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘उत्पादन देखि उपभोक्ता’ भन्ने मूल नारालाई अगाडि बढाएको उक्त मार्टले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु¥याउने प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक न्यौपानेले जानकारी दिनुभयो ।

 

 

उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पािदत मासु जन्य तथा अण्डा, फलफुल तथा तरकारी जन्य, अगानिक खाध सामान, दूध तथा डेरी बेकरी जन्य, लाइब किचन, खाजा स्टेसन, बबलटी, आइसत्रिम, पपकन, तथा चिप्स, ग्यास तथा जारकाे पानी, फ्रेस मिट, सिफुड, फ्रोजन अर्गानिक खाधान्न सामाग्री विक्रिका लागि राखिएका छन् । कृषकलाई बजारसम्म सजिलै पहुँच विस्तार गर्नका लागि मार्ट सञ्चालन गरिएको सिईओ न्यौपानेले बताउनुभयो ।

 

 

शुभारम्भ कार्यक्रममा सत्यम नेचर केयर अस्पतालका अध्यक्ष पुरुषोत्तम कोइराला, जनसबाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेललगायतले नाफाभन्दा समाजसेवालाई ध्यानमा दिएर कृषकबाट उत्पादित वस्तुलाई बजारसम्म लैजान मार्टले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मिनी हाईपर मार्ट’ प्रालिले सर्बसाधारणकाे सुबिधा लाई ध्यानमा राखी सार्बजानिक शाैचालय पनि सञ्चालन गरेकाे छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...