“नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” भब्य रुपमा सम्पन्न, दर्शकहरुको भिड

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व केन्द्रिय अध्यक्ष प्रजापती पराजुली, पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, पुर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपाने, पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, पुर्व केन्द्रिय अध्यक्ष बद्री पंगेनी, निवर्तमान अध्यक्ष रमेश बिजी, नेपाल टेलिकम की ब्यापारिक प्रमुख संगीता पहाडी, पुर्व मन्त्री प्रदिप ज्ञवाली, संबिधान सभा सदस्य सोम प्रसाद पाण्डे, संबिधान सभा सदस्य छिरिङ लामा, बरिष्ठ कलाकार निर शाह, बरिष्ठ कलाकार बम बहादुर कार्की, बरिष्ठ गीतकार डा। कृष्णहरी बराल, बरिष्ठ कलाकार मदन दास, बरिष्ठ कलाकार सन्तोष पन्त, चर्चित नायिकाहरु केकी अधिकार र बर्षा सिवाकोटी लगायत थुप्रै चर्चित कलाकारहरु, समाजसेबीहरु, पत्रकारहरु र संगीतप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो । हलभित्र दर्शक र अतिथीहरुको चापले गर्दा हलभित्र नअटाएका दर्शकहरुले हल बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए ।

 

स्रष्टा रायमाझीले मार्मिक कथा व्यथामा आधारित सयौं गीत आमश्रोता माझ पस्किएका छन्। उनका “मलाई सम्झी रेलिमै (कार्गील) देखि “फुलबुट्टे चोलीमा”, “राम्दीपूल तर्ने बित्तिकै”, “गेटमा बेली जाई”, “कालो केशमा रातो रिबन”, “पसिनाले पैसा साटेर”, “माया पैँचो नदेउ साइँली”, “लाइछौ बेसन”, “नमुछे आमा दहीमा टीका”, “हाँसेर बोलीदेऊ माया”, “सान्नानीले झुक्कायो मलाई” लगायत अन्य गीतहरु प्रस्तुत गरिएका थिए । साथै कार्यक्रममा गीति नाटक, नृत्य, चर्चित कलाकारहरुद्धारा सांगीतिक प्रस्तुती दिनुका साथै कात्तिक ३ गते प्रदर्शन हुने चलचित्र परदेशी २ को पनि बिज्ञापनको सुरुवात गरिएको थियो ।

 

“नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” मा चर्चित कलाकारहरु शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र बिश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टिका पुन, बिक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दिपिका बयम्भु, प्रकाश दुतराज, रचना रिमाल, बाल कलाकार सुप्रिम मल्ल, बाल कलाकार पुजा देबकोटा लगायत अन्य कलाकारहरुले प्रस्तुतीमा सघाएका थिए । स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, संगीतमा साधनारत छन्। गीत संगीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोक सङ्गीतका क्षेत्रमा समर्पित बरिष्ठ कलाकारका रुपमा लिइन्छ। साथै रायमाझीलाई कलाकारहरुको पनि कलाकार र कलाकारहरुको अभिभावकको रुपमा पनि लिईने गरिन्छ ।

 

 

बुबा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा बि.सं.२०२० सालमा पाल्पाको झडेवामा जन्मिएका रायमाझीका हुन् । उनको दाई लक्ष्मण रायमाझी र भाई दुर्गा रायमाझी पनि चर्चित कलाकार हुन्। दाई लक्ष्मणको केही बर्ष अगाडि निधन भइसकेको थियो। उनको कान्छो भाई दुर्गा प्रतिष्ठानको पूर्व अध्यक्ष तथा हाल सल्लाहकार समेत हुन्। नारायण रायमाझीद्धारा निर्देशित चलचित्रहरु गार्खा पल्टन, परदेशीले अत्याधिक चर्चा बटुल्न सफल भएका थिए भने परदेशी २ कात्तिक ३ गते प्रदर्शन हुँदै छ ।

 

 

“नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” मा औपचारिक कार्यक्रमको सञ्चालन कार्यबाहक महासचिव शिरिष देबकोटाले गरेका थिए भने सांगीतिक साँझमा रमेश बिजी, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रकाश सपुत लगायत अन्य ब्यक्तिहरुले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” मा कार्यक्रमको संयोजकको रुपमा केन्द्रिय उपाध्यक्ष रमेशराज भट्टराई रहेका थिए भने बाध्यबादकको संयोजकको रुपमा बरिष्ठ संगीतकार बिबि अनुरागी रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...