द भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेबाट, उदय र मिलन बने नयाँ कोच

काठमाडौं – गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ को प्रसारण असोज ५ गतेबाट सुरु हुने भएको छ । आज (बुधबार) आयोजना गरिएको पत्रकार भेटघाटमा पाँचौ सिजनमा गरिएको फरम्याट परिवर्तन र कोच परिवर्तनबारे जानकारी गराइयो । नयाँ कोचमा उदय सोताङ र मिलन नेवार द भ्वाइस अफ नेपालको पाँचौं सिजनमा अनुबन्ध भएका कोचहरुसमेत आजै सार्वजनिक गरिएको छ ।

 

अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौ सिजनमा पनि निरन्तरता पाएका छन् । यसैगरी गत वर्षदेखि भ्वाइसमा अनुवन्धित राजेश पायल राई यो सिजनमा पनि दोहोरिएका छन् । यसअघि द भ्वाइस किड्समा कोचका रुपमा दर्शकको मन जितेकी गायिका मिलन नेवार द भ्वाइस अफ नेपाल सिजन ५ मा पनि कोचमा अनुवन्धित छिन् । सुगम संगीतका चर्चित गायक उदय सोताङ यो सिजनमा नयाँ कोचका रुपमा आएका छन् ।

 

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् । ‘गत बर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो, त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने- ‘यसपटक धेरै ग्रामिण भेगबाट मौलिक आवाजहरु आएका छन, ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चै अदभूत छन् ।’

 

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । छानिएका ६४ जना प्रतिभाहरु व्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । ‘भ्वाइस अफ नेपाल पाँचौ सिजनसम्म पुग्ने पहिलो फेन्चाइज गायन रियालिटी शो भएकाले यो सिजन दर्शकसँग सेलिब्रेट गर्ने किसिमले प्रविधि र फर्म्याटमा थुप्रै रोचक परिवर्तनहरु गरेका छौं ।’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने- यो सिजनलाई उत्कृष्ट बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ प्रायोजकसँग सम्झौता यसैवीच द भ्वाइस अफ नेपाल सिजन ५ का मुख्य प्रायोजकहरुसँग सम्झौता भएको छ ।

 

कार्यक्रमको टाइटल स्पोन्सरमा डावर रेड पेष्ट अनुवन्धित भएको छ भने पावर्ड बाई स्पोन्सरमा डेन्भर फरफ्यूम रहेको छ यसैगरी को-स्पोन्सरका रुपमा बाल्ट्रा होम अप्लाइन्सेस्, रोहोतो सनप्ले र हिमालरेमिट रहेका छन् । यो सिजनको एसोसिएट स्पोन्सरका रुपमा एशियन पेन्ट्स, हिमालय हर्बल, लेयर सट, यति कार्पेट, इमामी हेयर आयल, जोय पपाया सन अनुवन्धित भएका छन् भने भोटिङ पार्टनर खल्ती र एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ रहेको छ ।

 

हिमालय टेलिभिजनले विश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्दै छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...