“देखाउनलाई हो” मा कृष्ण स्वर्णकार र करुणा बागदासको रोमान्स (भिडियो सहित)

काठमाडौं । गायक स्वर्णकारले तीजलाई मध्यनजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरी लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ती श्री परियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ ।

उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको छ । गीतमा शब्द भने भरत चन्दको रहेको छ । गीतमा एरेन्ज निम संगीतको रहेको छ । गीतमा मिक्स र मास्टरिङ गौरब गिरीको रहेको छ । गीतको भिडियोमा निर्देशन, सम्पादन र छायांकन खुमबहादुर सुनारको रहेको छ।

भिडियोमा गायक कृष्ण स्वर्णकार र करुणा बाग्दोशको दमदार अभिनय रहेको छ । भिडियोमा नृत्यमा निलम, रिस्मा, सृजना, रोचक, अनमोल, साजनको रहेको छ । गीत र भिडियो एकदम नाच्ने खालको बनेको छ, भन्छन गायक स्वर्णकार । गीतको भिडियोलाई नेपाली म्यूजिक यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

को हुन् गायक संगीतकार कृष्ण स्वर्णकार?
बुवा सर्बजित स्वर्णकार र आमा श्रीकुमारी स्वर्णकारको कोखबाट कास्की पोखरा रामबजारमा जन्मिएका कृष्ण स्वर्णकार बहुप्रतिभाका धनी लोक तथा दोहोरी गायक हुन् ।

उनको बसोबास र ब्यबसाय भने रुकुम पश्चिम खलङ्गामा सुनचांदी ब्यबसाय छ । पसलको नाम भैरहावा सुन चांदी पसल राखेका छन् । उनि गीत संगीत भनेपछि सानैबाट हुरुक्कै हुन्थे । २०५२ सालदेखि निरन्तर गीत संगीत क्षेत्रमा क्रियाशील उनले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो संगीत र स्वरमा अत्याधिक गीतहरु बजारमा ल्याईसकेका छन् ।

पश्चिम रुकुममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुमको दोश्रो अध्यक्षमा चार कालसम्म बिजयी भएका उनी आफू अध्यक्ष पदमा रहंदा २०६१ र २०६३ मा आफु लगायत स्थानीयको सहयोगमा भब्य सांस्कृतिक कार्यक्रम गरेका थिए भने, उक्त कार्यक्रममा राष्ट्रीय स्तरका गायक गायिका कोमल वली, राजु परियार, बद्रि पंगेनी, बुद्धि सागर बस्याल लगायतका कलाकारलाई उपस्थित गराएर प्रस्तुतिसहित सम्मान गरेका थिए। साथै यस्तै कार्यक्रम गरी स्थानीय ठाउँलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएका थिए गायक कृष्ण स्वर्णकार ।

गायक स्वर्णकार आफै पनि एकदम राम्रो प्रतिभा भएका गायक संगीतकार कलाकार हुन् । गायनसंगै अभिनयमा पनि माहिर उनले आफूले संगीत गरेका र गाएका गीतहरुमा सुबेच्छा थापा, राधिका हमाल, ज्योती मगर, शुष्मा कार्की लगायतका कलाकारसंग पनि दमदार अभिनय पनि गरि सकेका छन् । उनले गायिकाहरुमा बिमा कुमारी दुरा, शिला आले, सिन्धु मल्ल, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुर्य कुमारी गुरुङ, राधिका हमाल, मेलिना राई, आफ्नै छोरी गायिका अञ्जना सोनीसंग पनि गीतमा आवाज दिएका छन् ।

गायक स्वर्णकारले आफ्नो जीवनकालदेखि अहिलेसम्म गीत संगीत संगसंगै समाजसेवामा पनि उत्तिकै अग्रसर छन् । उनले समाजसेवामा पनि धेरै कार्यहरु गरेका छन् ।

गीत संगीतमा उनका कृतिहरु धेरै छन्, नयाँदेखि राष्ट्रिय स्तरका चर्चित व्यक्तिहरुसंग उनले काम गरेका छन्, तर उनि प्रमोसन र चर्चा मन पराउदैनन् । उनि भन्छन्, राम्रो काम गर्नु पर्छ, चर्चा गर्नु पर्दैन आफै हुन्छ । उनले गीत संगीतमा योगदान गरे बापत स्टार म्यूजिक भिडियो अवार्डद्वारा सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक अवार्ड पनि हात पारेका छन् भने, केहि सम्मान पनि पाएका छन् ।

उनका बजारमा आएका केहि र लोकप्रिय गीतहरु यस प्रकार छन् । नजाउ कान्छा अरबको देशमा, दोधारा चाँदनी, के राम्री नानी रैछन, बुटवल चौराहा चोक, पर्वत कुश्मा जाउँ बसमा सरर, भाउ चर्को छ , रुवायो गाउँ घर, घर त मेरो खलङ्गा बजार, अमेरिकन डलर, मेरो त श्रीमती छैन गतिली, सक्कली कान्छीले नक्कल पार्न लागि, दशैं तिहार आयो, कान्छी पार्वती, बाह्र तोला हार, देखाउनलाई हो, चोली फेर्न सकिन, कोठा चिन्न सकिन, मेरी श्रीमती धपक्क धपक्क बलेकी । लगायतका गीतहरु उनका लोकप्रिय गीतहरु हुन् ।

उनको र स्थानीयको पहलमा आफ्नो ठाउँमा प्रत्येक शनिबार रमाइलो शनिबार संस्कृतिक कार्यक्रम हुने गर्दछ । उक्त कार्यक्रमबाट स्थानीय कलाकारको सहयोगबाट गायक स्वर्णकारको पहलमा स्थानीय कलाकारहरु उत्पादन भैरहेका छन ।

गायक स्वर्णकारको श्रीमती लक्ष्मी स्वर्णकार पनि उनलाई एकदम साथ् सपोर्ट दिन्छिन। गायक स्वर्णकारका आफु लगायत् ८ दाजुभाई छन्, उनि माईला हुन्, गायक स्वर्णकारका अरु दाजुभाईहरु पनि आ आफ्नै ब्यवसायमा तल्लीन छन् । उनकी जेठी छोरी अञ्जना पनि सुनचांदी ब्यवसायमै आवद्ध छिन । उनका जेठा छोरा अमृत राजनीतिमा सक्रिय छन् भने, गायक स्वर्णकारका दुई भाई निम संगीत, र गगन सरगम पनि राम्रा कलाकार हुन् । साथै भतिज सुरेश सेन्चुरी घमाल, छोरा संघर्ष स्वर्णकार पनि राम्रा कलाकार हुन्, छोरा संघर्ष भने पढाईको सिलसिलामा साउथ अफ्रिकामा पाईलट् अध्ययन गरिरहेका छन् ।

गायक स्वर्णकार गीत संगीतको लागी बाक्लै काठमाण्डौ आवत जावत गर्ने गर्दछन। उनले गीत संगीत र ब्यवसायको सिलसिलामा नेपालका अधिकांश जिल्ला घुमी सकेका छन् । त्यसैगरी गायक कृष्ण स्वर्णकार र गायिका सलिना नेपालीको (धपक्क धपक्क सुन झैं बलेकी) तीज गीत पनि बजारमा आएको छ । उक्त गीतमा आवाज कृष्ण स्वर्णकार र गायिका सलिना नेपाली, संगीत कृष्ण स्वर्णकार, शब्द गौरब गिरीको रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...