हिमालय एयरलाइन्सको (काठमाडौं – दुबई) टिकट लिएका अन्तिम समयमा जहाज चढ्न पाएनन्

सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौं – दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न पाएनन् ।

हिमालय एयरलाइन्सको उडान नम्बर ९५६५ कुनै यात्रु पनि दुबई लान नसक्ने भन्दै पन्छिए पछि राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै अलपत्र परे। यात्रु नलिइ हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि खाली उड्यो ।

गोरखाका मञ्जरी लामाको कथा पनि यस्तै छ। ३ महिना पहिले नेपाल छुट्टी गएकी लामा लामो समय देखि हवाई उडान नहुँदा उतै अलपत्र परिन् । गत सोमबार दुबई फर्कन एयरपोर्ट आएकी उनी जहाज चढ्न पाइनन्। अन्तिम समयमा जहाज चढ्न नपाएपछि उनी आमासँगै घर फर्किन्।

गत सोमबार हिमालय एयरलाइन्सले अन्तिम समयमा काठमाडौँ(दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरू अलपत्र परेका हुन् । हवाई उडान बन्द हुँदा नेपालमै अड्किएका नेपाली यूएई सरकारको पछिल्लो निर्णयले प्रवेश खुल्ला गरेपछि धेरै हर्षित थिए। उनीहरूले सम्बन्धित एयरलाइन्सको दुबई आउने टिकट समेत काटी सकेका थिए भने एयरलाइन्स र ट्राभल्स एजेन्सीहरूले धमाधम टिकट बेचेका थिए।

तर एक्कासि एयरलाइन्सले दुबई उडान नहुने सूचना टाँसेपछि यात्रुहरू अलमलमा परे । गत हप्ता युएईस्थित नेपाली दूतावासले बिहीबारदेखि काठमाडौँ दुबई उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो । सोही अनुसार सोमबार राति साढे ११ बजे हुने उडानका लागि हिमालय एयरलाइन्सले टिकट बिक्री गरेको थियो ।

यूएई सरकारले आफ्नो देशमा प्रवेश गर्ने यात्रुहरूको लागि तोकेका मापदण्ड पूरा गर्न नसक्दा टिकट लिएका यात्रुहरू अन्तिम अवस्थामा विमानस्थलबाट फर्किनु परेको तथ्य खुल्न आएको छ। उडान समयभन्दा चार घण्टाअघि एन्टीजेन परीक्षण अनिवार्य छ। त्यसका लागि त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था थिएन । जसको कारण यात्रुहरूले यात्रा गर्न पाएनन्। चार घण्टाअघि यात्रुको एन्टीजेन परीक्षण गर्न नसक्ने भएपछि सोमबार राति नेपाल एयरलाइन्सको जहाज पनि खाली नै दुबई उडेको थियो भने मंगलबार एयर अरेवियाको जहाज पनि रित्तै फर्केको थियो। यता एयरलाइन्सले यूएई जाने उडानमा रोक लगाएकाले भन्दै विमान नउड्ने जानकारी सहितको सूचना टाँसेको थियो।

घर बिदामा गएका नेपाली कामदारहरू रोजगारीको लागि यूएई फर्कन नपाए पछि आक्रोशित भएका छन्। उनीहरूले तुरुन्तै विमानस्थलमा एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउनको लागि सरकारसँग माग गरेका छन्।

लामो समयदेखि छुट्टीमा नेपाल गएका कामदारहरू बेरोजगार बन्दा बढ्दो रेमिट्यान्सलाई पनि निकै ठुलो झट्का लागेको छ। कम्पनीले बारम्बार काममा फर्किन अनुरोध गर्दा समेत आउन नसक्दा कयौँको रोजीरोटी गुम्ने खतरा बढेको छ।

यसअघि कोरोना भाइरस सङ्क्रमणका कारण दुबईले नेपालबाट हुने उडान रोकेको थियो । तर हालै यूएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागि मात्रै आफ्नो देशमा प्रवेश अनुमति दिएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...