मोडल तथा नायिका दिपाशा बिसीको बिहिबार निधन, शनिबार पशुपती आर्यघाटमा अन्त्यष्टी

काठमाडौं । मोडल तथा नायिका दिपाशा बिसीको बिहिबार निधन भएको थियो । उनले बुधबार बिष सेवन गरेपछि उनलाई थापाथली स्थित नर्भिक हस्पिटलमा लगिएको थियो । दिपाशा बिसीको निधन भएको घोषणा भईसकेपछि बिहिबार पोष्टमार्टमका लागी टिचिङ लगिएको थियो । उनको आमा दुबईबाट आउन समय लाग्ने भएपछि शनिबार सम्म कुरिएको थियो । आमा आईसकेपछि शनिबार बिहान पोष्टमार्टम गरि शबयात्रा गरी पशुपती आर्यघाटमा लगिएको थियो ।

 

पशुपती आर्यघाटमा कलाकारहरु, पत्रकारहरुको बाक्लो उपस्थिती संगै रुवाबासी पनि भएको थियो । कलाकारहरुले दिपाशा बिसीको परिवारलाई समबेदना प्रकट गर्दै फुल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । दिपाशा बिसीको २०४८ साल साउन २८ गतेका दिन सुर्खेतमा जन्म भएको थियो भने २०८० कात्तिक २३ गते निधन भयो । ऋण अनि चर्काे ब्याजका कारण तनाबग्रस्त भएर मृत्युको बाटो रोजेर आफ्नो ब्युटी पार्लरका स्टाफहरुलाई भिडियो कल गर्दै बिष सेवन गरेको निकट ब्यक्तिहरुले बताएका छन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर ब्यवसाय गर्दै आईरहेकी थिईन् । उनले ब्युटी पार्लर ब्यवसाय सुरु गरे लगत्तै केही महिनापछि कोरोनाको महामारीका कारण केही समय ब्यवसाय ठप्प पनि भएको थियो । लकडाउनका कारण धेरै ब्यवसायी र नेपाली जनताहरु मारमा परे । यसै कारण पनि उनी ऋणको भारी बोकेको अनुमान गर्न सकिन्छ ।

 

उनी घरको जेठी छोरी थिईन् । उनले जेठो छोराको सरह सम्पुर्ण ब्यबहार सम्हालेकी थिईन् । साथै भाई र बहिनीलँई पनि आफैले पढाएकी थिईन् । उनका एक भाई र एक बहिनी छन् । दिपाशा बिसीको निधनले सिंगो कलाकारिता क्षेत्र स्तब्ध भएको छ । सबै कलाकारहरु भाबुक भएका छन् । धेरै कलाकारहरुले दिपाशा बिसीले किन यस्तो गरिन्, किन गलत बाटो रोजिन् भनेका छन् । पछिल्लो समय सांगीतिक क्षेत्र पनि धरासायी बन्दै गएको छ । सोचेको अनी राम्रो गीतले पनि बजार पाउन सकेको स्थिती छैन । पछिल्लो समय सांगीतिक क्षेत्रमा कमै ब्यक्तिहरुले मात्र सफलता पाएका छन् । सोचे जस्तो सफलता नपाएका कलाकारहरु डिप्रेशनको शिकार पनि बनेका छन् ।

 

दिपाशा बिसीमा हरेक प्रकारमा क्षमता हुँदापनि सांगीतिक क्षेत्रको बजार ओरालो लाग्ने स्थिती देखेर, ऋणको भारी अनी चर्काे ब्याजका कारण डिप्रशनमा पुगेर बिष सेवन गर्न बाध्य भएको अनुमान गर्न सकिन्छ । उनी बि.सं. २०६८ सालमा फिल्म दुलही रानीबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली, चँैबन्दी आदी चलचित्रमा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् । दिपाशा बिसी प्रती हाम्रो तर्फबाट मृत्तात्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...