चर्चित गीतकार शंकर कोइरालाको शब्द, लोकप्रिय सर्जक कस्तुप पन्तको संगीतमा रहेको “सुन ए परदेशी” गीत चर्चामा (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा नेपाल सरकारको पूर्व प्रशासकका रुपमा कुशल भूमिका निभाएका चर्चित गीतकार शंकर कोइरालाको शब्द तथा मौलिक सर्जक कस्तुप पन्तको संगीत रहेको “सुन ए परदेशी” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कस्तुप पन्तको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर समेटिएको छ । गीतमा चर्चित एरेञ्जर रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् ।

मुकुन्द भट्ट र स्मृति थापाको उत्कृष्ट अभिनयले भिडियोलाई रोमाञ्चक बनाएको छ । यात्रामा हिँडेको एउटा अन्जान परदेशी युवा कुनै युवतीको घरमा बास बस्दाको चिनाजानी अनि उनले त्यस ठाउँका विभिन्न् मनोरम दृष्यहरु देखाउँदा देखाउँदै मौलाएको माया गीतको भीडियोमा देखाइएको छ ।

त्यस ठाउँमा बस्दै गर्दा गाढा बन्दै गरेको माया परदेशीको बसाइ सकिएसँगै अन्त्य भएको वियोगान्त कथालाई अन्तिममा सस्पेन्स राखिएको छ । अर्थात, त्यसपछि के भयो होला भन्ने कौतुहलता आम दर्शकहरुमा हुन्छ ।

भिडियोलाई बसन्त बिजे महर्जनले खिचेका छन् भने प्रविन थापाको निर्देशन र अमृत चापागाईंको सम्पादन रहेको छ । सारथी म्युजिकले प्रस्तुत गरेको भिडियो मनोरञ्जनको लागि भन्दा पनि ललितपुरको लेले क्षेत्रका रमणीय दृष्यहरु हेर्दा त्यहाँको पर्यटन प्रवद्र्धनका निम्ति बनाइएको आभाष हुन्छ ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...