लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको “मेरो देश डुब्यो” गीत सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

 

सोही क्रममा लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको “मेरो देश डुब्यो” बोलको मार्मिक गीत सोमबार सार्वजनिक भएको छ। गायक योगीले थुप्रै गीतहरू गाएका छन् जुन गीतहरु राष्ट्र र राष्ट्रियताका निम्ति समर्पित छन्। उनका गीतहरूले जो कोहि नेपाली नागरिकका मनमा देश प्रतिको प्रेमभाव जगाउन मद्दत गर्ने गर्दछ्न्।

 

कतिपय गीतहरूले सामाजिक र राष्ट्रिय अवस्थाको यथार्थ चित्रण गरेका छन्। यो देशमा म एउटा मानिस खोजि रहे छु, गाउँमा कोहि छैन सयौं गीतहरू छन् । जुन गीतले देशको समसामयिक बिषयलाई व्यंग्य गरेका छन् र नेपालीमाझ एकताको सन्देश प्रवाह गरेका छन्।

 

उनै लोकप्रिय गायक योगीका “आमा” बोलका गीतहरूले मातृत्वको महत्व बोध गराउँदछ्न्। उनका गीत सुन्दा सुन्दै गह भरि आशु भरिन्छ्न्। उनै गीतले श्रोताका मन हलुका बनाई दिन्छन् र नयाँ पुस्ताले बिर्सनै लागेको मातृत्व,राष्ट्र र राष्ट्रियता प्रतिको प्रेम,भक्ति र समर्पण भाव पुनः हृदयको अन्तरम प्रदेशमा कुटकुटले भरिने श्रोताहरु बताउँछन्।

 

“मेरो देश डुब्यो” नामक गीतमा शिशिर योगीको शब्द, संगीत र स्वर रहेको छ भने चर्चित एरेञ्जर तथा संगीतकार बिबि अनुरागीले एरेञ्ज गरेका हुन् । यस गीतको भिडियोमा परिकल्पना, छायांकन र सम्पादन बिरेन्द्र भाट “बिपिन” ले गरेका हुन् भने लोकेश भाटले सह सम्पादन गरेका हुन् । यस गीतको भिडियोमा शिशिर योगी आफै देखिएका छन् । यस गीतलाई शिशिर योगी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

वि.सं.२०८१ फागुन २६ सोमवार १२:४६

काठमाडौं। समसामयिक कथा वस्तुमा आधारित चलचित्र "चाँडै फर्कि आउँ" को...

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:५१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...