सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको हृदयवि^दारक भावको गीत “परदेशीको बाकस” को भिडिओ बजारमा आएको छ l दुर्योधन बस्नेतको रचना एवं गायक सुरेश शाहीकै सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ कृष्ण पुनले गरेका हुन् l

गरिबीका कारण कल्कलाउँदो उमेरकी श्रीमती, कलिला मुना जस्ता लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यता, मेन पावरको जालझेल, परदेशी भूमिमा अनाहकमा जेल जानुपर्ने अवस्था र मृ^त्युवरण जस्तो भयानक परिस्थितिको चित्रण गरिएको यस म्युजिक भिडिओले खासगरि ग्रामिण नेपाली समाजको घर घरको कथा-व्यथा बोकेको छ l घरको आशाको दियो परदेशबाट बाकसमा फर्कंदा एउटा परिवार कसरी भताभुङ्ग हुन्छ भन्ने कुरा भिडिओले जीवन्त रुपमा प्रस्तुत गरेको छ l

जी.बी. आग्रीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा गायक शाहीले सन्देशवाहक गाइनेको रुपमा साथै शितल के.सी. , दुर्गा भट्ट, रोमा विष्ट, दुर्योधन बस्नेत, प्रेमसिंह ठकुरी, नरेश शाही, बब्लु बबाल एवं बाल कलाकार आयन शाही र रीतिका ढुङ्गाना लगायतका कलाकारहरुको अभिनय रहेको छ l वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन/सम्पादनमा तयार भएको यस भिडिओका निर्माता भगिरथा बस्नेत र दुर्योधन बस्नेत हुन् भने वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा भिडिओ निर्माण भएको हो l   

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...