“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौदीमा यही फागुन ५ गतेबाट सुरु भएको “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” फागुन ८ गते भब्य रुपमा सम्पन्न भएको छ ।

 

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” को समुद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए भने केन्द्रिय अध्यक्ष रिता थापा मगरले अध्यक्षता ग्रहण गरेकी थिईन् ।

 

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” मा ४८ समुहले सहभागीता जनाएका थिए । जस मध्य कोटेश्वर बानेश्वर समितीका दिलिप थापा मगर र बिमा अनुरागी प्रथम हुन सफल भएका थिए भने कोरिया शाखाका टेकराज भण्डारी र तारा थापा द्धितिय, जापान शाखाका निशान बिश्वकर्मा र सपना रोका तृतिय, अनामनगर समितीका बिजय बानिया र सबिता परियार सान्त्वना भएका थिए ।

 

४८ समुह मध्य जुम्लाकी गीता सेजुवाल उत्कृष्ट नव गायिका, पाल्पाका रबिन नेपाली उत्कृष्ट नव गायक, बसपार्क समिती रातोकी जमुना बिक उत्कृष्ट प्रतिभावान गायिका, बसपार्क समितीका रत्न श्रेष्ठ उत्कृष्ट भेषभुषा, बागमती प्रदेशकी आशा केसी उत्कृष्ट भेषभुषा, लुम्बिनीकी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशिल गायिका, उपत्यका समन्वय समितीकी शर्मिला श्रेष्ठ उत्कृष्ट अनुशासित गायिका, काठमाडौंका अनिल सुनार उत्कृष्ट अनुशासित गायक, बागलुङका सुमन खड्का उत्कृष्ट गायक, सुन्धारा समितीकी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायिकाको छनौटमा पर्न सफल भएका थिए ।

 

फागुन ८ गते सम्पन्न “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” को समापन कार्यक्रममा केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्ष रहेको थियो भने नेपाल सरकारका नागरिक उड्यन, पर्यटन तथा संस्कृती मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा बेनीघाट गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, प्रतिष्ठानका पुर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी आदीको बिशेष आतिथ्यता रहेको थियो ।

 

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” को समापन कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष पशुपती शर्माले स्वागत मन्तब्य राखेका थिए । “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” मा प्रतियोगीता संयोजक प्रशासनिक उपाध्यक्ष दिपक खड्का, कार्यक्रम संयोजक प्रशासनिक सचिव जिवन दाहाल रहेका थिए भने मुटुको अप्रेशन सफल भएपछि पहिलो पटक केन्द्रिय सहकोषाध्यक्ष ईश्वरी प्रसाद भुसालले बाध्यबादन संयोजकका भुमिका निर्वाह गरेका थिए ।

 

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार ३ लाख रुपैया, द्धितिय पुरस्कार २ लाख रुपैया, तृतिय पुरस्कार १ लाख रुपैया, सान्त्वना पुरस्कार ५० हजार रुपैया रहेको कुरा प्रतिष्ठानका सञ्चार समन्वय बिभागका संयोजक राज कुमार रायमाझीले जानकारी गराएका छन् । औपचारिक कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए भने दोहोरी प्रतियोगिताको कार्यक्रम सञ्चालन पुर्व अध्यक्ष प्रजापती पराजुली र कार्यक्रमका सहसंयोजक भरत बराकोटीले गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...