रचिन उपाध्यायको पृथक तीज गीत “रहर” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा रचिन उपाध्यायको पृथक तीज गीत “रहर” सार्वजनिक भएको छ। रहर गीतमा तीजको बेला महिलाहरुको हरेक रहर हुन्छन् अनी ति रहर भित्र पनि केही बाध्यताहरु हुन्छन् भन्ने कुरा प्रस्तुत गर्न खोजिएको छ।

साथै तीजको बेला सबैले रातो साडी लगाउने अनी रमाईलो गर्ने ठाँउमा एउटा महिलाले सेतो सारी लगाउने र आफ्नो बाध्यतालाई गीत मार्फत प्रस्तुत गर्छिन्। तीजमा हरेक महिलाले रातो सारी लगाउने रमाईलो मात्र गर्ने गर्छन् भन्ने छैन।

तीजको बेला कोही महिला रमाईलो गर्ने रहर हुँदा पनि पारिवारिक बाध्यता या संकटले गर्दा रमाईलो गर्न बञ्चित हुन्छन् भन्ने कुरा पनि गीतको भिडियोमा प्रस्तुत गर्न खोजिएको छ। यस गीतलाई प्रयास कुमारले शब्द, संगीत गरेका हुन् भने सबिना श्री को स्वर रहेको छ।

गीतको भिडियोमा प्रयास कुमारको कथा तथा निर्देशन, विकेश कुमारको छायांकन, प्रबेश राईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सृजना कुमाल, रामकृष्ण बिश्वकर्मा, रचिन उपाध्याय, बिना खड्का, प्रयास कुमार, अस्मिता थामी आदीको अभिनय रहेको छ। यस गीतलाई प्रयास कुमार टिभी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...