तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै नेत्रबन्धु पोख्रेलको तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक भएको छ। लोकार्पण समारोहमा डा. ध्रवराज भट्टराईको सभापतित्व रहेको थियो भने प्रोफेसर डा. एबम् संस्कृतिविद् बिणा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी प्राध्यापक, वरिष्ठ पत्रकार एबं समालोचक पुरुषोत्तम दाहाल, अन्तर्राष्ट्रिय साहित्य समाजका पुर्व केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सह-सचिव सन्ध्या पहारी तथा अन्तर्राष्ट्रिय साहित्य समाजका नवनिर्वाचित केन्द्रिय सदस्य एबम् नेपाल च्याप्टरका अध्यक्ष तथा चललिचत्र निर्देशक राजेन्द्र केसी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा कलाकार, पत्रकार र समाजसेवीहरुको विशेष उपस्थिती रहेको थियो। बिमोचन समारोहको कार्यक्रम सञ्चालन डा. बिदुर वस्तीले गरेका थिए भने नेत्रबन्धु पोख्रेलले स्वागत मन्तब्य राखेका थिए।

यस वर्षको मौलिक तीज गीत “नाच्चे आजै हो” मा चर्चित गायिका मनमाया वाईवाको स्वर रहेको छ भने नेत्रबन्धु पोख्रेलको शब्द, शेष नारायण पोख्रेलको संगीत, हेमराज डाँगीको एरेञ्ज तथा मिक्सिङ रहेको छ। त्यसैगरी सामुहिक गायनमा कमला पोख्रेल र संगी अधिकारी पोख्रेलले साथ दिएका छन्। सो गीतको भिडियो सुरज खनालको निर्देशन, नविन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन, बिनोद बमको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोखरेल, डा.बिदुर वस्तीको अभिनय रहेको छ भने बाल कलाकार तर्फ सृष्टी पोख्रेल, आराभ पौडेलको अभिनय रहेको छ। मौलिक तीज गीत “नाच्ने आजै हो” मा परम्परागत रुपमा महिलाहरुले मनाउदै आएको कुरा अवगत गराउदै विगतका वर्षहरुमा कसरी तीज मनाईन्थो भन्ने कुराहरुलाई चित्रण गर्न खोजिएको छ। यस गीतमा तडक भडक नभई मौलिकता पनि झल्किएको पाईन्छ। “नाच्ने आजै हो” गीतलाई नेत्रबन्धु मिडिया नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...