“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न
वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८
काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुन लागेको नेपाली लोकदोहोरी क्षेत्रको एक प्रतिष्ठित कार्यक्रम “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम साउन ३ गतेका दिन काठमाडौं, जमल स्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा भब्य रुपमा सम्पन्न भएको छ।
सो कार्यक्रममा उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता रहेको थियो भने प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष तथा उपत्यका समन्वय समितिका परिकल्पनाकार दुर्गा रायमाझी, म्युजिक नेपालका प्रबन्धक उत्तम थापा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष पशुपती शर्मा, प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष राजु ढकाल, प्रतिष्ठानकी केन्द्रिय महिला उपाध्यक्ष राधिका हमाल, प्रतिष्ठानका केन्द्रियका महासचिब एबं उपत्यका समन्वय समितिका पुर्व अध्यक्ष शिब हमाल, प्रतिष्ठानका केन्द्रियका प्रशासनिक सहसचिब राज कुमार रायमाझी, प्रतिष्ठानका केन्द्रिय सहकोषाध्यक्ष ईश्वरी प्रसाद भुसाल, प्रतिष्ठानका केन्द्रिय सदस्य एबं उपत्यका समन्वय समितिका पुर्व अध्यक्ष सुजन लम्साल, अग्रज गायिका देबी हमाल, बरिष्ठ सर्जक एक नारायण भण्डारी, गायक तथा समाजसेबी राजन भुजेल बिश्वकर्मा लगायतको बिशेष आथित्यता रहेको थियो भने उपत्यका समन्वय समिति अन्तर्गतका १० वटै समितिका अध्यक्ष तथा प्रतिनिधी, तिर्सना म्युजिकका सञ्चालक बाबुराम बोहरा, प्रस्तोता समाज नेपालका अध्यक्ष नरहरी प्रेमी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, म्युजिक खबरका सुमन बैरागी, रेडियो मिरमिरेका राजु बोहरा, तरुण दैनिकका कालिका महत लगायत थुप्रै कलाकार र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो।
“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममको सञ्चालन उपत्यका समन्वय समितिका सचिब दिनेश क्षत्रीले गरेका थिए भने उपत्यका समन्वय समितिकी बरिष्ठ उपाध्यक्ष शर्मिला कंडेलले स्वागत मन्तब्य राखेकी थिईन्।
“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को अवार्ड बितरण कार्यक्रम भदौ ६ गते काठमाडौं स्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा भव्य समारोहका बीच बिभिन्न २४ वटा विधामा अवार्ड प्रदान गरिने कुरा उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले जानकारी दिनुका साथै नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, संवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई ८ वटा विभिन्न शीर्षकमा बिशेष रुपमा सम्मान गरिने कुरा जानकारी गराए। जस अनुसार लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका वरिष्ठ गायक प्रजापति पराजुलीलाई सम्मान गरिने अवार्डका निर्णायक संयोजक दुर्गा रायमाझीले जानकारी दिए । त्यस्तै दशकको स्रष्टा सम्मानबाट लोकप्रिय गायिका देवी घर्ती, संस्थागत दोहोरी सम्मानबाट पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र समन्वय समितिको तर्फबाट पीएन सापकोटालाई सम्मान गरिने रायमाझीले बताए ।
“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको छ भने लर्ड पार्टी प्यालेस प्रायोजकका रूपमा रहेको छ। “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति आयोजकको रुपमा रहने छ भने उपत्यका समन्वय समितिको मातहतका सम्पूर्ण १० वटै समिति सह-आयोजकको रुपमा रहने छन्।
यस अवार्ड कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको कुरा आयोजक पक्षले जनाएको छ। प्रत्येक वर्ष झै यस वर्ष पनि अवार्ड समारोहले उत्कृष्ट स्रष्टा र कलाकारलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नेपाली लोकसंस्कृतिको गरिमालाई अझ उचाइमा पुर्याउने लक्ष्य राखिएको कुरा आयोजक पक्षले बताएको छ।
“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल ब्यक्तिहरुको नामावली यस प्रकार रहेको छ।
१. सर्बाेत्कृष्ट लोक दोहोरी गायक
क) खेम सेन्चुरी – तल्लो बाटो
ख) सागर आले – युके बस्ने दाई
ग) प्रकाश दुतराज – छैन र माया
घ) अर्जुन सापकोटा – झलिको
ङ) कुशल बेल्बासे – काचो सुपारी
२) सर्बाेत्कृष्ट लोक दोहोरी गायिका
क) शन्ती श्री परियार – जुनेली रातै रातैमा
ख) शान्ता रानी परियार – स्याउली बजारमा
ग) दिपिका बयम्भु मगर – कस्मिरे पछेउरी
घ) कालिका रोका – देउराली लाई फुलपाती धजा
ङ) निशा गुरुङ – युके लन्डनको
३.सर्बाेत्कृष्ट लोक दोहोरी नव गायक
क) सितल गुरुङ – भागौला त्रिसुलि तरेर
ख) किरण बिसि – गोर्खाली
ग) रायन बस्याल – घामपानी छाता
घ) सुरेश अन्जान – हिमाली फुल
ङ) अनिल पुन मगर – गुन्यो चोली
४. सर्बाेत्कृष्ट लोक दोहोरी नव गायिका
क) निर्मला देबि बस्नेत – तिम्लाइ पछेयौरी किन्दिउला
ख) सिम्रन परियार – बैनिको कहाँ पर्यो घर
ग) शन्ती शिरीष मगर – युके बस्ने दाई
घ) सिमा नेपाली – जय जय होस
ङ) गरिमा कार्की – अन्त नभने
५. सर्बोत्कृष्ट लोक दोहोरी शब्द
क) नेत्र अर्याल – तल्लो बाटो
ख) सन्तोष सापकोटा – झलिको
ग) बिक्रम बाबू बिश्वकर्मा – गण्डकी
घ) सुरेश राना मगर – युके बस्ने दाई
ङ) दिपक अधिकारि – म त तिम्रो होइन मायालु
६. सर्बोत्कृष्ट लोक दोहोरी लय (भाका)
क) अर्जुन सापकोटा – झलिको
ख) गोबिन्द पंगेनी – भागौला तिर्सुली तरेर
ग) एच.बि.एन. किस्मत – खोली सलल
घ) नन्दु परियार – स्याउली बजारमा
ङ) अशिम चन्द बिश्वकर्म – गण्डकी
७.सर्बाेत्कृष्ट लोक दोहोरी गीत
क) बिनोद बाजुराली – हियारै
ख) सुदिप अधिकारी – घुमाउने घर पोखरामा
ग) सुर्य खड्का – पचास तिरको
घ) कोमल नेपाली – स्याउली बजारमा
ङ) खुशी गुरुङ – हङकङ को चिनो
८. सर्बाेत्कृष्ट लोक गीत
क) बाल कुमार श्रेष्ठ – जप्दै नाम आमा
ख) घनश्याम रिजाल – साथी
ग) शम्भु कुँबर -तिम्रो त यो दुनियाँ छ
घ) सुरेश खत्री – ए आमा
ङ) दुर्गा माया गुरुङ – उहीँ सङ दिल बस्यो हजुर
९.सर्बाेत्कृष्ट लोक दोहोरी गीत नायक नृत्य
क) लोमस शर्मा – गोर्खे खुकुरी
ख) गोबिन्द पहाडी – नजर त्यतै छ
ग) बबिन सिंह ठकुरी – गुन्यो चोलिमा
घ) बिजय पुन – युके बस्ने दाई
ङ) अनिल पौडेल – माया आउने बस
१०. सर्बाेत्कृष्ट लोक दोहोरी गीत नृत्य नायिका
क) नारायणी खत्री – करिमै
ख) चाहना राना मगर – युके बस्ने दाई
ग) सन्जना गुरुङ – छुक छुके रेलैमा
घ) एलिना रायमाझी – घुमाउने घर पोखरामा
ङ) प्रिती गुरुङ – नहेर टुलुटुलु
११. सर्बाेत्कृष्ट लोक दोहोरी गीत नृत्य निर्देशक
क) मौसम हिमाली – स्याउली बजारमा
ख) एकिन्द्र सारा शंकर – गण्डकी
ग) जेरि भण्डारी – मानुङ कोटैमा
घ) मुकेश नेपाली – गाउँ घरे माया
ङ) प्रशान्त मगर – दिलमै लाग्यो निशाना
१२. सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय नायक
क) बिमल अधिकारी – सम्झेर तिमिलाई
ख) बिक्रम बुढाथोकी – जति तिमी टाढा हुन्छौ
ग) बिनोद भन्डारी – उजेली
घ) ओबि रायमाझी – दुई किनार
ङ) कमल अर्याल – बाटै बन्द भो
१३.सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय नायिका
क) जुना गुरुङ – उजेली
ख) जुना बिश्वकर्मा – घागो चङ्गा
ग) रेणुका खड्का – नरोए है डाको छोडी
घ) यशु भट्टराई – बाटै बन्द भो
ङ) मञ्जु खत्री – दिन लाई घाम रात लाई जुनको
१४. सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय निर्देशक
क) मौसम हिमाली – तल्लो बाटो
ख) बिनोद भण्डारी – धागो चङ्गा
ग) दिप गुरुङ – मेरि मुना
घ) निशान बानिया – काचो सुपारी
ङ) सिर्जन बराल (ऋषी) – बधाई छ ए बधाई
१५. सर्बाेत्कृष्ट लोक दोहोरी गीत एरेन्ज
क) कृष्ण केसि – छैन र माया
ख) एच.बि.एनं किस्मत – झलिको
ग) बिशाल निरौला – चोखो मायामा
घ) आकाश नेपाली – शिरमा सिर बन्दी
ङ) खेम राज गौतम – बुटवल बजार
१६. सर्बाेत्कृष्ट लोक दोहोरी गीत मिक्सिङ मास्टरिङ
क) एच.बि.एन. किस्मत – लालाजी
ख) खड्क बाजुराली – तल्लो बाटो
ग) आकाश नेपाली – बैनिको कहाँ पर्यो घर
घ) बिनोद परियार – नमस्ते ढोग दिया
ङ) कृष्ण बाजुराली – माकुरिको जाल
१७. सर्बाेत्कृष्ट लोक दोहोरी गीत रेकर्डिस्ट
क) सुमन राना – पानी परेको
ख) सागर बाजुराली – हियारै
ग) डमर बिक – रहर ले होइन मायालु
घ) राज खड्का – झलिको
ङ) रमेश खड्का – सान्नानी
१८.सर्बाेत्कृष्ट लोक दोहोरी गीत छायांकन
क) बुद्ध थापा – युके बस्ने दाई
ख) अजय रेग्मी – नमस्ते ढोगदिया
ग) प्रकाश खड्का – छुकछुके रेलैमा
घ) दिपक गिरी – मानुङ कोटैमा
ङ) बिरेन्द परियार – गम्छा बानेर
१९. सर्बाेत्कृष्ट लोक दोहोरी गीत सम्पादक
क) मिलन बि.क. – स्याउली बजारमा
ख) राजकुमार मगर – खोली सलल
ग) मनोज कार्की – कन्या राशी
घ) अमृत चापागाईं- कस्मिरे पछेउरी
ङ) नवीन घर्ती मगर – छैन र माया
२०. सर्बाेत्कृष्ट लोक दोहोरी परम्परागत गीत
क) ईश्वर सिंह – सुनिमाया (पञ्चेबाजा)
ख) मौसम गुरुङ – कान्छी (कौडा)
ग) चिजा तामाङ – गोर्खाली (ठाडो भाका_
घ) मिना लामा, सागर गुरुङ – सालैजो
ङ) सुशील भट्टराई – झिलिमिली तिहार
२१.सर्बाेत्कृष्ट लोक दोहोरी गीत प्रतियोगी गायक
क) प्रितम पोख्रेल
ख) निशान्त बि.क.
ग) मानव रावत क्षत्री
घ) सचिन भट्टराई
ङ) सरोज सिमखडा
२२. सर्बाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायिका
क) सपना रोका
ख) संगीना थापा मगर
ग) जमुना बि.क.
घ) खुश्बु सुनार
ङ) जमुना सुनार
२३.सर्बाेत्कृष्ट दोहोरी साँझ गायक
क) रामजी प्रसाद पौडेल
ख) संगम गुरुङ
ग) दर्पण यात्री
घ) टेक बादुर क्षत्री
ङ) बखन सिङ गुरुङ
२४. सर्बाेत्कृष्ट दोहोरी साँझ गायिका
क) बेलिमाया पुलामी
ख) प्रतिभा सापकोटा
ग) शान्तीकार्की
घ) बिमला दुरा
ङ) सनम पुर्जा पुन
वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८















