विनय अधिकारीको “इन्द्र महाराज” बोलको गीत चर्चामा (भिडियो सहित)

काठमाडौं । ठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा युके बस्ने मायाँ’ गितको अपार सफलतापछि व्यवसायी तथा एन.आर.एन.ए. अभियान्ता विनय अधिकारीको “इन्द्र महाराज” बोलको गीतले पनि चर्चा कमाईरहेको छ। यतिबेला यो गीत रिलिज भएको ६ दिनमै १० लाख बढि दर्शकहरु नजरमा पुगेको छ भने टिकटकमा पनि निकै रुचाईएको छ ।

तीजका गीतहरु ध्माधम बजारमा आईरहदा उनको यो लोक आधुनिक बिद्याको गीतले आफनो छुट्टै चर्चा कमाएको हो । बाइरोड मा धुलो उड्यो पानि पारि देउ न ओ इन्द्र महाराज, यो माया पर पर किन वर सारी देउ न ओ इन्द्र महाराज, अहिले सामाजिक सञ्जाल तिर पनि छाईरहेको छ ।

२ महिना अघि मात्र बजारमा आएको विनय अधिकारीको युके बस्ने मायाले अत्याधिक दर्शक श्रोताहरुको माया पाएको थियो । अहिले यो गीतको करिब ४० लाख भ्यूज गएको छ । गायक बद्री सापकोटा र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतमा बिनय अधिकारीको शब्द र गायक बद्री सापकोटाको संगीत रहेको थियो । अहिले फेरि यहि दुईको सहकार्यमा “इन्द्र महाराज” गीत बजारमा आएको हो ।

यस गीतमा पनि अधिकारीको शब्द र सापकोटाको संगित रहेको छ । एन.आर.एन.ए. अभियान्ता अधिकारीको आफ्नौ युट्युव च्यानल ‘विनय अधिकारी’ माफर्त सार्वजनिक भएको गीतमा लोकप्रिय गायीका मेलिना राई र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र चर्चित नायिका शिल्पा पोखरेलको शसक्त अभिनय रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । अधिकारीको यो तेस्रो गीत हो ।

यसअघि अधिकारीले ‘दुनियाँ लठ्ठै छ’, ‘युके बस्ने मायाँ’ बोलको गीत बजारमा ल्याएका थिए । ‘दुनियाँ लठ्ठै छ’ गीत झण्डै ७ लाख भन्दाबढी दर्शकले हेरेका छन् भने ‘युके बस्ने मायाँ’ पछिल्लो समय कै सर्वाधिक चर्चामा रहदै आएको छ । ब्यवसाय एवम गीत संगीतको दुनियामा बिनय अधिकारीले आफनो छुट्टै पहिचान बनाईरहेका छन ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...