“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा कुमार बुढा मगर र आमा धनमाया बुढा मगरको कोखबाट जन्मिएकी नृत्याङ्गना तथा मोडल अस्मिता बुढा मगर यतिबेला नेपाली लोकसङ्गीत क्षेत्रमा चर्चाको केन्द्र बन्न थालेकी छन् । गीत–सङ्गीतलाई आफ्नो कर्मथलो बनाउँदै काठमाडौंमा रहेर सक्रिय अस्मिताले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो नै दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेपछि उनको चर्चा चुलिएको हो ।

नेपाली लोकसङ्गीत क्षेत्रका स्थापित कलाकारहरू नीता थापा मगर, सुनिता थापा मगर, कमल घर्ती मगर र दीपक घर्ती मगरको स्वर रहेको नयाँ मौलिक गीत ‘रानी फूलैमा’ सार्वजनिक भएसँगै भिडियोमा देखिएकी अस्मिताको अभिनय र नृत्यले विशेष प्रशंसा पाएको छ । भिडियोमा उनको प्रस्तुतिले गाउँले परिवेश, नेपाली मौलिकता र प्रेमभावलाई जीवन्त ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया छ ।

सिद्धार्थ आले मगर र कमल घर्ती मगरको शब्द रहेको गीतमा कमल घर्ती मगरकै सङ्गीत रहेको छ भने दीपक घर्ती मगरले सङ्गीत संयोजन गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ रुबिन मगरले गरेका छन् । किरण आले मगरले रेकर्ड गरेको गीत आरोह स्टुडियोमा तयार पारिएको हो । चर्चित निर्देशक तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार पारिएको भिडियोमा अजय पुन मगर, अस्मिता बुढा मगर, दीपक घर्ती मगर र पुष्पा सेन्चुरीको अभिनय देख्न सकिन्छ ।

सुमित तामाङको छायाङ्कन तथा मिराज अर्यालको सम्पादन र रङ संयोजन रहेको भिडियोले नेपाली संस्कृति, भेषभूषा र मौलिकपनलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । दीपक घर्ती मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रानी फूलैमा’ले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

रीमा फिल्म्सले पोस्ट–प्रोडक्सन गरेको भिडियोमा अनमेष गुरुङको शृङ्गार रहेको छ । पहिलो मोडलिङमै अस्मिता बुढा मगरले दर्शकको मन जित्न सफल भएको चर्चा लोकसङ्गीत वृत्तमा हुन थालेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...