गायिका रिता बुढाथोकीको स्वरमा “फर्क परदेशी” सार्वजनिक

काठमाडौं। सुप्रसिद्ध गायिका रिता बुढाथोकीको स्वरमा रहेको वियोगान्त भावको गीत “फर्क परदेशी” को भिडिओ बजारमा आएको छ। नेत्र छन्त्यालको शव्दरचना एवं नेत्र छन्त्याल र सचिन गिरीको सङ्गीत रहेको यस गीतको म्युजिक एरेन्ज र मिक्सिङ सञ्जय श्रीपालले गरेका हुन् l वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको यस म्युजिक भिडिओमा लोकेश भाटले सह-सम्पादन गरेका छन्।

 

भिडिओ गायिका रिताकै अफिसियल युट्युब च्यानल Budhathoki Rita बाट डिजिटल बजारमा आएको हो। जसमा रिता स्वयं र गोपाल भुजेलले अभिनय गरेका छन्। आम नेपाली समाजको घर घरको कथा-ब्यथा बोकेको यस गीतमा परदेश गएको प्रेमीलाई छिट्टै घर फर्कन अनुरोध गरिएको छ। परदेशीको यादमा माया सुनामी झैं उर्लिएको छ, आँखा झरीको बलेसी झैं भएको छ। यथार्थपरक भावको यो भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो।

 

माइतीघर शान्तिनगर गाउँपालिका-४, दाङ र कर्मघर माकलबारी, काठमाण्डौ भएकी गायिका रिता बुढाथोकी पिता नन्दराम बुढाथोकी र माता मन कुमारी बुढाथोकीको परिवारमा कान्छी छोरीको रुपमा जन्मिएकी थिईन्।  उनका १ दिदी, २ दाइ र २ भाइ छन्। २०५९ सालमा झलक सङ्गीतम र त्यो बेलाकी सर्वाधिक चर्चित गायिका लक्ष्मी न्यौपानेसँग ‘सोल्टिनीलाई बैना मारौं कि’ बोलको लोकदोहोरी गाएर उनले गायन यात्रालाई अगाडि बढाएकी थिईन्। पहिलोपटक रेकर्ड गरेको सो गीत व्यावसायिक रुपमा सफल भएपछि उनको गायन यात्राले अचम्मै रफ्तार लिएको थियो। चलचित्रका गीत, लोकदोहोरी, तीज गीत, भाषाभाषी गीत आदि गरेर ५ दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेकी रिता रात्रीकालिन ‘लोकदोहोरी साँझ’ की पनि एक चर्चित गायिका हुन्। लामो समयसम्म निरमाया दोहोरीमा गीत गाएकी उनी हाल ‘उत्कृष्ट दोहोरी साँझ’ अत्तरखेलमा गाईरहेकी छिन्।

 

गायन प्रस्तुतिकै सिलसिलामा अन्तर्राष्ट्रिय मुलुक भारतका विभिन्न शहर, दुबई र यूरोपका अधिकांश देशको भ्रमण गरिसकेकी गायिका रिताले नेपालका धेरैजसो जिल्लामा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन्। सांस्कृतिक आदानप्रदान अन्तर्गत दर्जनौं अन्तर्राष्ट्रिय मुलुकमा नेपाली मौलिक कलाको प्रदर्शन गरेर देश चिनाउँदै आएको रामचन्द्र कोईरालाद्वारा सञ्चालित ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’मा आवद्ध भई नेपाली कल्चरल गीत गाउँदै आएकी रिता नेवारी, भोजपुरी, टप्पा, कौरा, सालैजो, तामाङ सेलो, हुड्केली लगायत नेपालका धेरैजसो कल्चरल गीतमा पनि उत्तिकै पोख्त छिन् l नेपालमै यति धेरै भाषमा गीत गाउन सक्ने उनी जस्ता कलाकार औंलामा गन्न सकिएला।

 

युवा उमेरमा आफ्नो क्षेत्रकी प्रसिद्ध भलिबल एवं फुटबल खेलाडी रिताले त्यो बेला नेपालका अधिकांश जिल्लामा महिला खेलाडीको रुपमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेकी थिईन्। केही महिना अघि कर्णाली कलाकार प्रतिष्ठानले नेपालमै पहिलोपटक आयोजना गरेको महिलाहरुको मादल वादन प्रतिस्पर्धामा समेत उनी तेस्रो विजेता बनेकी थिईन्। बिना प्रशिक्षण, दोहोरी साँझमा गीत गाउने क्रममा सिकेको भरमा देशव्यापी प्रतिस्पर्धामा तेस्रो भएपछि हाल प्रसिद्ध मादल प्रशिक्षक खड्ग बहादुर बुढासँग उनी राष्ट्रिय नाचघरद्वारा सञ्चालित ६ महिने मादल वादनको तालिम लिईरहेकी छिन्। यहाँसम्म आईपुग्न आफ्ना पति गोपाल बहादुर भुजेल र छोराछोरीको पनि उत्तिकै सपोर्ट रहेको बताउँदै असाधारण प्रतिभाकी धनी रिता भन्छिन्- ‘कलाकारिता क्षेत्रमा धेरै काम गर्न सक्छौ भनेर हौसला दिंदै काठमाण्डौ ल्याउने गुरु खड्ग बहादुर बुढा र दण्डपाणि पाण्डे अङ्कललाई कहिल्यै बिर्सन सक्दिन।’

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...