नेपाल साँस्कृतिक कलाकर्मी संघको आयोजनामा “सम्मान तथा शुभकामना साँस्कृतिक साँझ – २०८१” भब्य रुपले सम्पन्न

काठमाडौं। श्रमजिवी कलाकार कल्याणकारी कोष स्थापना गर्ने उदेश्यले नेपाल साँस्कृतिक कलाकर्मी संघको आयोजनामा “सम्मान तथा शुभकामना साँस्कृतिक साँझ – २०८१” भब्य रुपले सम्पन्न भएको छ। यस कार्यक्रम काठमाडौ, जमलं स्थित राष्ट्रिय नाँचघरमा यही असौज ३ गतेका दिन सम्पन्न भएको हो। यस कार्यक्रममा नेपाल साँस्कृतिक कलाकर्मी संघका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने पुर्व मन्त्री एबं प्रतिनिधी सभा सदस्य माननिय शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। यस कार्यक्रममा कार्यक्रम सञ्चालन दिपक खड्काले गरेका थिए।

 

यस कार्यक्रममा संस्थापक महासचिव सुरेन्द्र तिमिल्सिना, वरिष्ठ कलाकार कृष्ण सुधा ढुंगाना, वरिष्ठ गायिका शर्मिला गुरुङ्ग, वरिष्ठ कलाकार शुष्मा कार्की, वरिष्ठ कलाकार रोशनी के.सी., वरिष्ठ गायक बिमल राज क्षेत्री, वरिष्ठ कलाकार चन्द्र शर्मा, वरिष्ठ कलाकार सुरत रावत, बहुचर्चित गायक रामजी खाण, बहुचर्चित गायिका राधिका हमाल, बहु चर्चित गायक राम कुमार नेपाली बिशेष सम्मान तर्फबाट सम्मानित भएका थिए।

 

त्यसैगरी समाजसेवी प्रविन गुरुङ, समाजसेवी कुल बहादुर वली, गायक शिवराज नेपाली, गायक मदन थापा, गायक अृमत भारती, कलाकार सोम लामा, कलाकार/निर्माता ज्याक श्रेष्ठ, कलाकार बिबेक खड्का, डिजाइनर सुवास लिम्बु, कलाकार सध्या सानु, कलाकार सुनिल थापा, कलाकार अर्जुन थापा, निर्माता/कलाकार शेखर लामा, कलाकार लेलिया विश्वकर्मा, कलाकार मनोज खड्का, कलाकार तृप्ती खड्का, गायक एबं सर्जक सुजन बराईली, गायिका निर्मला पुलामी मगर, कलाकार सविता रेग्मी, कलाकार अन्जली राना, कलाकार मनिका परियार, कलाकार कुसुम परियार, कलाकार अर्जुन खत्री, कलाकार दिनेश अन्जान, देशु सुहाङ आदी पनि सोही कार्यक्रममा सम्मानित भएका थिए।

 

कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनुका साथै सहयोगीदाता, प्रायोजकहरु र अन्यलाई पनि सम्मान गरिएको थियो। बि.सं. २०५९ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कलाकर्मी संघ नेपाली श्रमजिवी कलाकारहरुको सुरक्षा र ब्यवस्थाका लागी अहोरात्र खटिदै आएको संघ हो। नेपालको लोकतन्त्र प्राप्तीका लागीगीत संगीत मार्फत आन्दोलनमा होमिएको यस संघले नेपाली मौलिक तथा परम्परागत गीत संगीत तथा नृत्यको संरक्षण, सम्बद्र्धन गर्दै आईरहेको छ। नेपाली कांग्रेसको बिभिन्न गतिबिधीमा गीत कला मार्फत आफ्नो क्षेत्रबाट योग्दान दिदै आएको छ। मजदुर आन्दोलन होस् या ट्रेड युनियन कांग्रेसले गर्ने हरेक गतिबिधीमा प्रत्यक्ष रुपमा सहभागिता जनाई आफ्नो कार्यहरु गर्दे निरन्तर रुपमा अगाडी बढ्को संस्था हो।

 

श्रमजिबी कलाकारहरुको हकहित तथा सुरक्षाका निम्ती निरन्तर आवाज उठाउदै आएको यस संघले श्रमजिबी कलाकारका लागी भैपरी आउने दुःख र जुनसुकै अवस्थामा पनि साथ सहयोग गर्नका लागी श्रमजिबी कलाकार कोष स्थापना गर्न यस कार्यक्रमको आयोजना गरिएको कुरा नेपाल साँस्कृतिक कलाकर्मी संघका अध्यक्ष उदिराम खड्का बताएका थिए। साथै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने ब्यक्ति, संघ संस्था, सहयोगीदाता र प्रायोजकहरु प्रती अध्यक्ष खड्काले आभार प्रकट गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...