सुजन भन्तनाको शब्द तथा आवाजमा लोक दोहोरी गीत “मायाँको चोरी केस” सार्वजनिक

काठमाडौँ – गोरखाको अस्राङमा जन्मिएर संघिय राजधानी काठमाडौं हुँदै विदेशी भुमिलाई कर्मथलो बनाएका नेपाली गीत संगितका एक अब्बल कलाकार जसको संघर्ष यात्रा कहालीलाग्दो छ ।

जसले सानै उमेरदेखि कला क्षेत्रलाई आफ्नो ड्रीम प्रोजेक्ट मान्दै एसएलसी परिक्षापछि सहर छिरेका सुजन भन्तनाले गीत सङ्गितमा आफ्नो जिबन देखे तत्पश्चात सुरु भयो उनको कलाकारिता यात्रा।

 

जतिबेला नेपाली साङ्गीतिक क्षेत्रमा बिसौं वर्ष साधना गरेका अग्रज कलाकारहरुको एकछत्र राज थियो अहिले जस्तो युट्युब सामाजिक संजाल पनि छ्यापछ्याप्ती थिएन। थियो त अडियो क्यासेट र डिभिडी तथा सीआरबीटी पी आरबीटीको जमना त्यतिबेला कलाकारहरु अडियो क्यासेट डिभिडी बेचेरै लाखौ कमाउथे यही कमाउन पनि त्यतीबेला लाखौ लगानी लगाउनु पर्थ्यो।

 

उनी भन्छन, ‘पुराना कलाकारहरु सिआरबिटी पिआरबीटी प्रचेज गरेर अगाडि ल्याउन रिन काडेरै भएनी लाखौ बोकेर हिड्थे आफुसंग त्यो हैसिएत थिएन। यस्तो प्रथालाइ तोडेर साच्चिकै राम्रो सिर्जना भए लाखौ नखर्चिएरै पनि कलाकारिमा चल्न सकिन्छ भन्ने नजिर बसाल्ने प्रतिज्ञाकासहित यो क्षेत्रमा नवाप्रवेशीको रुपमा सुजन कलाकारितामा आए।’

 

यही सिलसिलामा अग्रज कलाकारहरुसङ्गको सहकार्यमा उनले आफ्नै लगानीमा धन्नै दर्जन हाराहारीमा एल्वमहरु तयार गरे जसबाट अपेक्षित व्यापार हुन सकेन र ठूलो रिनको भारी बोक्नु पर्यो। घरको अनि आफ्नो अहोरात्र मेहनतको कमाइले पनि त्यसलाइ थेग्न नसकेपछि कलाकारिताकै क्षेत्रमा जीवन देखेका भन्तना मन गरुङ्गो पारेर विदेशीन बाध्य हुनुपर्यो ।

 

याबत समस्याका बावजुत पनि सुजन फेरि साङ्गितिक क्षेत्रमा कमब्याक भएका छन् । केहिदिन अघिमात्र उनले एकदशकदेखि नेपाली लोक दोहोरी क्षेत्रमा आफुलाई अग्रस्थानमा राख्दै आएका चर्चित सङ्गितकार सर्जक ॐ छिनालको सङ्गित तथा आफ्नै शब्द सिर्जनामा ‘मायाको चोरी केश’ नामक लोक दोहोरी गित सुजन भन्तना नामक अफिसियल युट्युव च्यनलबाट सार्वजनिक गरेका छन् ।

 

जुन गितमा पुरुष आवाज आफैले भरेका छन् भने महिला आवाज चर्चित गायिका देवि घर्ती र गिता परियारको रहेको छ। निसान बानियाको म्युजिक भिडियो निर्देशनमा तयार पारिएको ‘मायाको चोरी केस’ नामक गितमा पछिल्लो समयका चर्चित मोडल आयुस्मा कार्कि र देबेन्द्र बब्लुको ससक्त अभिनय रहेको छ।

 

रिलिज भएको केही दिनमै गितले सामाजिक संजाल टिकटक, रिल, इन्स्ट्राग्रामहरुमा महत्वपुर्ण स्थान पाइरहेकाले दर्शक श्रोताहरुको सर्वाधिक रोजाईमा पर्ने निर्माण पक्षको दाबी छ। गितमा अनुबन्धित भएका कलाकारहरु नेपाली साङ्गितिक क्षेत्रका दर्बिला हस्ति हुन् ।

 

यश गितका सङ्गितकार ॐ छिनालका सयौं गितहरु सर्वाधिक चर्चामा छन् । उनी विदेशी भुमिमा रहेर पनि नेपाली लोक संगीतको उत्थानका लागि डेड दशकदेखी यहि क्षेत्रमा तल्लिन छन् भने गायक भन्तनाका पनि दर्जन हाराहारीका गित सर्वाधिक चर्चामा छन् ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...