काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ, चैत्र २३ – काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष २०८२ सालको अवसरमा आयोजित शुभकामना आदान–प्रदान, चियापान तथा KPA क्यालेन्डर २०८२ को विमोचन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम राजधानीको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख आतिथ्य ख्यातिप्राप्त हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कटेल (धुर्मुस) ज्यूले गर्नु भएको थियो। उहाँले आफ्नो मन्तव्यमा फोटोग्राफरहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै, कला र सिर्जनात्मकताको माध्यमबाट समाजलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताउनुभयो।

काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले क्यालेन्डरको विमोचन गर्दै आगामी दिनमा संघले अझ बढी प्रविधिमैत्री बन्दै सिर्जनशील फोटोग्राफरहरूको सशक्तिकरण र क्यालेन्डर २०८२ को महत्वबारे प्रकाश पार्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो।
शुभकामना मन्तव्य राख्ने क्रममा संघका सल्लाहकार मञ्जुकुमार श्रेष्ठ, सल्लाहकार रत्नमान आँसु, संघका पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठ, NFPJ का अध्यक्ष प्रदीप राज वन्त, ओम यादव, तथा वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेतले फोटोग्राफी क्षेत्रको योगदान, चुनौती र भावी सम्भावनाका विषयमा महत्वपूर्ण धारणा राख्नुभएको थियो।

 

काठमाडौँ फोटोग्राफर संघका सदस्यहरूबाट Wedding, Pre-Wedding र Post-Wedding Shoot मा आधारित उत्कृष्ट तस्वीरहरू माग गरिएको थियो। सयाैं तस्वीरहरू मध्यबाट छानिएका उत्कृष्ट फोटोग्राफरहरूका नाम यस प्रकार छन्: मुन जंग खड्का, पशुपति श्रेष्ठ, नन्दु श्रेष्ठ, दिपक मैनाली, मिलन श्रेष्ठ, रूपेश थापा, उद्दब तिमल्सिना, खगेन्द्र श्रेष्ठ, सुशिल खरेल, प्रधुम्न के. सी., भोला काफ्ले र लक्ष्मण अधिकारी रहेका छन। यी प्रतिभाशाली फोटोग्राफरहरूको उत्कृष्ट र सिर्जनात्मक तस्बिरले KPA Calendar 2082 लाई थप आकर्षक बनाएको छ।

 

संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले स्वागत मन्तव्य दिँदै सबै अतिथि, सहभागी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सम्याेजन हरि ज्ञवालि तथा सञ्चालन संघका सचिव रेशमराज पण्डीतले गर्नु भएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...