“चट्ट माया” गीत बिमोचन कार्यक्रम सहित सार्वजनिक

काठमाडौं । भावना ईन्टरटेनमेन्टको प्रस्तुती रहेको नयाँ गीत “चट्ट माया” सार्वजनिक भएको छ । लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।

रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका भावना पराजुली (बस्ताकोटी) र कल्पना लम्सालले शब्द लेखेको उक्त गीतमा अष्ट्रेलिया मै रहेका गोविन्द भण्डारीले संगीत भरेका हुन् । गीतको विमोचन कार्यक्रममा निर्देशक प्रेम थापाको सभापतित्व रहेको थियो भने चर्चित संगीतकार एबं धुन सम्राट बिबि अनुरागीको प्रमुख आतिथ्यता रहेको थियो ।

गीतको विमोचन गर्दै गीतकार अनुरागीले “चट्ट माया” को शब्द र भिडियो पनि उत्कृष्ट रहेको कुरा अतिथीहरुले प्रतिक्रिया दिए । कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी चन्द्रमणी गौतमले गरेका थिए भने मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए ।

त्यसैगरी कार्यक्रममा सहभागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिव हमालले उक्त गीतको प्रशंसा गर्दै पछिल्लो समय केही कलाकार आफ्नो गीतले कसरी डलर झार्न सक्छ भन्दै नेपाली मौलिक लोक संस्कृतिलाई धमिल्याएको कुरा ब्यक्त गरेका थिए ।

गायक कुलेन्द्र विश्वकर्माले विदेशी भूमिबाटै गीत सिर्जना गरेर आफूलाई गीत गाउन अवसर दिएकोमा रचनाकारलाई धन्यवाद दिएका थिए । उक्त गीतका संगीतकार गोविन्द भण्डारीले आफूहरु विदेशमा रहे पनि नेपाली पहिचान र गीत संगीतलाई निरन्तरता दिने तर्फ लागेको बताए ।

साथै, उनले यसभन्दा अगाडि पनि केही गीत बजारमा ल्याइसकेको जानकारी दिए । प्रिज्म स्टुडियोमा गरिएको उक्त गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका हुन् । त्यस्तै भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा र मोडल रञ्जिता गुरुङले अभिनय गरेका छन् ।

प्रेम थापाले निर्देशन गरेको भिडियोलाई करण चैशिरको छायांकन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् । भावना इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...