सरोज कोइराला र मेलिना राईको स्वरमा “भकारीमा धान” सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । यसमा गीतमा गायक कोइरालाकै शब्द, संगीत छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।

भिडियो सहित सार्वजनिक भएको गीतमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य, अभिनय गरेका छन् । सुधिर श्रेष्ठ यसअघि पनि दर्जनौ भिडियोहरुमा काम गरिसकेका स्थापित मोडल हुन भने सगुन कोइरालाले यसै भिडियोमार्फत मोडलिङको क्षेत्रमा पाइला चालेकी छिन् । उनी फेशन डिजाइनकी विद्यार्थी हुन ।

अहिलेका व्यस्त सिनेमाटोग्राफर उत्सव दाहालले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । निर्देशन विधान कार्कीले गरेका हुन । नबोली नबोली, काले केटा २, धर्ति आकास जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका विधान म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष पनि हुन ।

पूर्व र मध्यक्षेत्रतीरका लोकभाकामा आधारित रहेको गीत ‘भकारीमा धान’ को छायांकन काभ्रेपलाञ्चोक जिल्लाको रमणीय र मौलिक रहनसहन भएको क्षेत्रमा गरिएको हो । मेलोडियस आधुनिक गीतहरुमा स्वर तथा संगीत दिँदै आएका सरोजले यसै गीतमार्फत आफ्नो शैली परिवर्तन गरेका छन् । “हरेक नेपालीको मनमा लोकधुन हुन्छ नै, म भित्र रहेको त्यहि धुन यस गीतमार्फत प्रस्फुटित भएको हो ।” उनी भन्छन ।

सरोजले काठमाडौँस्थित साधना कला केन्द्रमा वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग ३ वर्ष गायन प्रशिक्षण लिएका छन । उनले हालै त्रिभुवन विश्वविद्यालयबाट समेत संगीत विषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन् ।

“नेप्सिने” को प्रोडक्सनमा तयार भएको यो भिडियो “दि डिभाइन म्युजिक” यु्ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...