लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक
वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८
काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु आउने क्रम जारी छ। बडा दशैं सकिए लगत्तै कलाकारहरु आफ्नो कर्ममा फर्किसकेका छन्। केही दिन अघी लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक भएको छ।
यस गीतमा लोकप्रिय गायक शिब परियार र उनै निशा सुनारको स्वर रहेको छ भने रमेश परियारको शब्द, संगीत रहेको छ। गीतमा बिश्वास नेपालको एरेञ्ज रहेको छ भने कुमार राना मगरले मिक्सिङ, मास्टरिङ गरेका हुन्।
गीतको भिडियोमा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा शंकर बिसी र करिश्मा ढकालको नृत्य रहेको छ। यस गीतलाई शंकर बिसीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८















