म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक
वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक एबम् म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका कृष्ण परियारको स्वर रहेको छ भने राजन भुजेल बिश्वकर्मा र नर बहादुर बिसीको शब्द, राजन भुजेल बिश्वकर्माको संगीत रहेको छ। सो गीतको भिडियोमा एकिन्द्र साराशंकरको नर्देशन, नवराज उप्रेतीको छायांकन, सुजन कोईरालाको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा एकिन्द्र साराशंकर र अस्मिता राना मगरको अभिनय तथा नृत्य रहेको छ। दुई खोली दोभान नामक गीतमा म्याग्दी जिल्लाको केही बिशेष ठाँउ र म्याग्दीको मौलिक भाकालाई समेट्ने प्रयास गरिएको छ। गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ। यस गीतलाईै राजन भुजेल बिश्वकर्मा कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३















