नृत्य निर्देशक संघ नेपालको “११ औं साधारणसभा तथा तेस्रो केन्द्रीय अधिवेशन” भव्य रूपमा सम्पन्न, अध्यक्षमा भुवनदास श्रेष्ठ र सचिवमा कृष्ण रसाल निर्वाचित

काठमाडौं । “नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान” भन्ने मूल नारा सहित नृत्य निर्देशक संघ नेपालको “११ औं साधारणसभा तथा तेस्रो केन्द्रीय अधिवेशन” भव्य रूपमा सम्पन्न भएको छ। शनिबार भक्तपुरस्थित कृषि तालिम केन्द्र, बोडेमा सम्पन्न अधिवेशनले संघको आगामी नेतृत्व र कार्यदिशा तय गरेको छ।

अधिवेशनबाट भुवनदास श्रेष्ठको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत चयन गरिएको हो। वरिष्ठ उपाध्यक्षमा शम्भु शाही, उपाध्यक्षमा केशव कोइराला र महिला उपाध्यक्षमा शारदा सोती शर्मा चयन भएकी छन्। त्यसैगरी महासचिवमा ऋषिकेश श्रेष्ठ, सचिवमा कृष्ण रसाल, कोषाध्यक्षमा संगीता शाही खड्गी तथा सह–कोषाध्यक्षमा भोगेन्द्र मानन्धर चयन भएका चर्चित नृत्य निर्देशक कृष्ण रसालले दिए। नवगठित कार्यसमितिका सदस्यहरूमा अजयकुमार विष्ट, विजय घिसिङ, पिंकी खड्का, चुडामणि फुयाँल, छिरिङ लामा, बाबु सेञ्चुरी र देवराज गुरुङ चयन भएका छन्।

साथै संघको भौगोलिक समावेशीतालाई ध्यानमा राख्दै कोशी प्रदेशबाट विमल नेपाल र गण्डकी प्रदेशबाट लोकेन्द्र शाहलाई मनोनित सदस्यका रूपमा चयन गरिएको छ। अधिवेशनपश्चात् सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै नृत्य निर्देशकहरूलाई एकताबद्ध गर्दै सहकार्य, समझदारी र आपसी सम्मानका आधारमा संघलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचन प्रक्रियामा सहभागी सम्पूर्ण साथीहरूलाई पनि समेट्दै साझा लक्ष्यका लागि अघि बढ्ने स्पष्ट धारणा राखे।

अधिवेशनमा नृत्यकला, संस्कृति तथा स्रष्टाहरूको हकहित, पेशागत मर्यादा र संस्थागत सुदृढीकरणका विषयमा समेत गहन छलफल भएको थियो। नवनिर्वाचित सचिव कृष्ण रसालका अनुसार संघको दीर्घकालीन कार्यदिशा तय गर्ने, नृत्य निर्देशक संघलाई सबै नृत्य निर्देशकहरूको साझा घरका रूपमा स्थापित गर्ने तथा नयाँ पुस्ताका नृत्यहरूलाई संस्थागत रूपमा कसरी जोड्ने विषयमा विशेष छलफल भएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...