रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित एक प्रतिष्ठित रेष्टुरेन्टमा व्यावसायिक गायनका लागि नेपाली कलाकार टोलीको साथ उनी त्यहाँ पुगेकी हुन् । उनी अझै त्यहाँ केही महिना बस्नेछिन् र सम्झौता अवधि सकिएपछि नेपाल फर्कने छिन् ।

 

पहिलोपटक बिदेशी भूमिमा व्यावसायिक गायनका लागि चाइना पुगेकी वर्षाले त्यहाँको बसाई समग्रमा सोचे भन्दा राम्रो भएको जानकारी गराएकी छिन् । वाद्यवादक र गायक-गायिका सहितको नेपाली कलाकार टोलीलाई सम्झौता गरेर निश्चित अवधिको लागि विदेश लाने प्रचलन धेरै पुरानो हो । खासगरि जापान, हङकङ्, यू.के., सिंगापुर लगायतका देशमा रहेका रेष्टुरेन्टहरुले रात्रीकालिन व्यावसायका लागि नेपाली कलाकारलाई धेरै पहिलादेखि लाने गरेका छन् ।

 

रौतहट, चन्द्रपुर-१ निवासी पिता हर्क बहादुर परियार र माता कुन्ति परियारको परिवारमा जेठी छोरीको रुपमा जन्म लिएकी वर्षा दुई भाइकी दिदी पनि हुन् । रौतहटकै श्री उच्च माध्यमिक विद्यालयमा पढेकी वर्षा सानै उमेरदेखि गाउँघर लगायत स्कूलमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा गीत गाउने गर्थिन् र पुरस्कृत पनि हुन्थिन् । ७ कक्षामा पढ्दै गर्दा आयोजित रौतहट जिल्लास्तरीय अन्तरविद्यालय गायन प्रतियोगितामा प्रथम भएपछि उनी सहित ‘टप-२०’ लाई काठमाण्डौ ल्याइएको थियो ।

 

भीएस निकेतन स्कूलमा पुन: भएको गायन प्रतिस्पर्धामा उनले नगद सहितको प्रथम पुरस्कार पाएकी थिईन् । जिल्ला प्रथम भएपछि स्थानीय क्षेत्रमा सबैको नजरमा परेकी वर्षा महोत्सव र अन्य प्रकारका सांस्कृतिक कार्यक्रमहरुमा पनि आमन्त्रित हुन थालिन् । बिस्तारै स्थानीय क्षेत्रमा उनलाई सेलिब्रेटीको नजरले हेर्न थालियो । वर्षाका पिता हर्क बहादुर पनि गायनका शौखिन हुनुहुन्थ्यो । ‘हाम्रो घरमा पहिल्यैदेखि हार्मोनी थियो ।

 

गीत-सङ्गीतप्रति अत्यन्तै झुकाव भएपनि सपोर्ट गर्ने र हौसला दिने कोही नभएकोले बाबाको ईच्छा अधुरै भयो’ वर्षा केही गम्भीर हुँदै भन्छिन् । सुरु सुरुमा हर्क बहादुर आफ्नी छोरी वर्षा शिक्षिका भएको हेर्न चाहनुहुन्थ्यो । तर छोरीको गायनप्रतिको लगाब र बढ्दो लोकप्रियता देखेपछि उहाँले पनि गायनमै अघि बढ्न हौसला दिनुभयो, सपोर्ट गर्न थाल्नुभयो । ‘त्यो बेला युट्युबमा ट्रयाक पाइँदैनथ्यो । मेरो लागि गीतका ट्रयाक खोज्दै बाबा कहाँ कहाँसम्म पुग्नुहुन्थ्यो’ विगत सम्झंदै वर्षा भन्छिन् ।

 

एसएलसी उत्तीर्ण गरेपछि पढाई सँगसँगै सङ्गीतमा पनि केही गर्ने सपना बोकेर सन् २०१८ मा राजधानी प्रवेश गरेकी वर्षा दासले सुरुमा गुरुदेव कामतसँग सङ्गीत सिकिन् भने हाल राम सिटौलासँग सिकिरहेकी छिन् । त्यसो त रौतहटमा छँदै उनले २०१३ बाट नै स्थानीय सङ्गीतज्ञ तेज नारायणसँग पनि सङ्गीत सिकेकी थिईन् ।

 

कलेज पढ्दै सङ्गीतलाई पनि समय दिईरहेकी उनले काठमाण्डौ प्रवेश गरेकै साल, अर्थात् २०१८ मै राज क्षितिजको रचना र मनोज मालेको सङ्गीतमा आधुनिक गीत ‘जवानीको सारा खुसी’ रेकर्ड गर्ने शौभाग्य प्राप्त गरिन् । प्लस टु सकिएपछि सङ्गीत लिएर रत्नराज्य क्याम्पसमा स्नातक पढ्न सुरु गरेकी वर्षा सबै प्रकारका गीत गाउन उत्तिकै पोख्त छिन् ।

 

उनले आधुनिक, तीज, काँठे लगायतका गरि लगभग साढे ३ दर्जन गीतमा स्वर दिईसकेकी छिन् । अरु क्षेत्रमा धेरै प्रकारका अवसरहरु आउँदा पनि गीत-सङ्गीतमै केही गर्छु भनेर समर्पित भावले क्रियाशील रहेकी आत्मविश्वाशी प्रतिभा हुन् उनी। सन् २०१९ मा म्युजिक पार्कले आयोजना गरेको एक म्युजिकल कार्यक्रममा उनी पुरस्कृत पनि भएकी थिईन् ।

 

प्रतिभा भन्दा भाइरलको पछि लाग्ने प्रवृत्ति र राम्रालाई भन्दा हाम्रालाई अवसर दिने परिपाटीप्रति उनले दु:ख व्यक्त गरेकी छिन् । आफ्नै मेहेनत र सङ्घर्षले यो ठाउँसम्म आईपुगेकी प्रतिभाशाली गायिका वर्षा गायन क्षेत्रमै आफ्नो भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ कत्ति पनि विचलित नभई अविरल अघि बढिरहेकी एक आशालाग्दी उदीयमान प्रतिभा हुन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...