इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनले जोडदार माग गरेका छन्। क्रान्तिकारी महिला संगठनकी सह–संयोजक शारदा महत, वैज्ञानिक समाजवादी महिला संगठन नेपालकी संयोजक राजेश्वरी सुवेदी, अखिल नेपाल महिला संगठनकी संयोजक अन्जना तामाङ र अखिल नेपाल महिला युनियनकी संयोजक शशी घिमिरेले संयुक्त प्रेस वक्तव्य जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका हुन्।

वक्तव्यमा फागुन २३ गते बिहान सुर्खेतको गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा विकको वीरेन्द्रनगर–४ स्थित शहिद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

संगठनहरूले यस्तो जघन्य र अमानवीय अपराधले समाजमा भय र असुरक्षाको वातावरण सिर्जना गर्ने भन्दै महिलामाथि हुने हिंसाका घटनालाई केवल व्यक्तिगत घटना मात्र नभई समग्र समाज र पितृसत्तात्मक राज्य व्यवस्थासँग जोडिएको गम्भीर समस्या भएको बताएका छन्। वक्तव्यमा अपराधीलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति, कानुनी कार्यान्वयनको कमजोरी तथा न्याय प्रक्रियामा हुने ढिलाइका कारण यस्ता घटना दोहोरिँदै आएको भन्दै त्यसप्रति कडा आपत्ति जनाइएको छ।

संगठनहरूले घटनामा संलग्न सबै अपराधीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन र उचित क्षतिपूर्तिको व्यवस्था गर्न राज्यका सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, राज्यले घटनालाई बेवास्ता गरेमा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि प्रेस वक्तव्यमार्फत दिएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...